स्नेहा कर्ण/ सिआइएन ।
काठमाडौं । नेपालमा सङ्क्रमितको कुल संख्या १ लाख १८ हजारपुग्दा सक्रिय सङ्क्रमित ३६ हजार नाघेको छ । यो कुल सङ्क्रमितको झन्डै ३३ प्रतिशत हो । भारतमा १३ प्रतिशत छ । नेपालमा पछिल्लो समय औसतमा ३ हजारका दरले कोरोनाका सङक्रमित बढीरहेका छन् ।
साउनमा अन्तिमा २६ हजार रहेको सङक्रमण भदौमा ५८ हजार पुगेको थियो । त्यसको एक महिना नपुग्दै ठीक दोब्बर भएको छ । सङ्क्रमण दर अझै उकालो लाग्दै जाने स्वास्थ्य मन्त्रालयले पनि आकलन गरेको छ ।
नेपाल दक्षिण एशियामा चौथो स्थानमा छ । तर सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपालले अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतलाई पनि उछिनेको छ । यसबाट नेपालमा सङ्क्रमण डरलाग्दो स्थितिमा भएको भन्न सकिन्छ ।
अबको ५ महिनाभित्र ३ लाख नाघ्न सक्ने अनुमान छ । मन्त्रालयका विज्ञ डाक्टर सुरेश तिवारी सङ्क्रमण दर उच्च हुने सरकारले अनुमान गरेकाले त्यसै अनुसारको तयारी गरिरहेको बताउनु हुन्छ ।
‘यति नै पुग्छ भन्ने हिसाव किताव त गरिएको छैन । तर सङ्क्रमण पक्का उकालो लाग्नेछ , उहाँले भन्नुभयो, ‘अहिलेको जस्तै बढे र नागरिकले सावधानी नअपनाए भयाबह अवस्था आउन सक्छ ।’
कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्याका आधारमा नेपाल दक्षिण एशियामा चौथो स्थानमा छ । तर सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपालले अति प्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतलाई पनि उछिनेको छ । यसबाट नेपालमा सङ्क्रमण डरलाग्दो स्थितिमा भएको भन्न सकिन्छ ।
दक्षिण एशियामा हेर्ने हो भने सक्रिय सङ्क्रमितको दर नेपालमा धेरै छ । त्यसको अर्थ जोखिम पनि अन्य मुलुकको दाँजोमा यहाँ धेरै छ । कोरोना दर मापन गर्ने वल्ड मिटरका अनुसार २ सय १६ देश मध्ये नेपाल ३८ औं स्थानमा छ ।
सङ्क्रमण अझै उकालो लाग्दैछ । मुख्य शहरमा समुदायमा नै सङ्क्रमण फैलिसकेकाले मंसिरसम्म झण्डै एक लाखको थपिने विज्ञहरुको प्रक्षेपण छ । परिक्षण बढायो भने सङ्क्रमित अहिलेको भन्दा दोब्बर हरेक दिन थपिने भाइरोलोजिष्ट पुष्पराज खनालको विश्लेषण छ ।
होम आइसोलेशनमा बस्ने सङ्क्रमितको संख्या धेरै हुनु र उनीहरुको कडा निगरानी नगरिनु, ज्वरो आएर ठीकभएपछि सामान्य भन्दै परीक्षण गर्नेक्रम घटनु, लगातार रूपमा बढिरहेको मानिसको आवतजावत, भिडभाड कम नहनुने सङ्क्रमण झन बढेको देखिन्छ ।
दशैमा हुने आवाजत जावतले दशैपछि अझ भयाबह हुने विज्ञहरुको चेतावनी छ । दशैतिहारमा हुने आवत जावतले सङ्क्रमणलाई गाउँसम्म लैजाने देखिन्छ ।