विर्तामोड,जेठ २० । संयुक्त महिला आवाज नेपालको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । झापाको विर्तामोड –२ मा केन्द्रीय समिति रहेको संस्थाले कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बिच आफनो पहिलो साधारण सभा सम्पन्न गरेको हो ।
महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्दै आएको संस्थाले सोही कार्यक्रममा बिभिन्न व्यत्तित्वहरुलाई सम्मान समेत गरेको थियो ।
संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश सभा सदस्य लख्खी गणेशको विशेष आतित्यथता भएको कार्यक्रममा अध्यक्ष खड्काले संस्थाले वर्ष भरि गरेका गतिविधिको जानकारी गराउनुभएको थियो । संस्थाले गठन भएको पहिलो बर्षमा नै तिन वटा स्थानियतहमा आफनो शाखा बिस्तार गरिसकेको कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा कोशी प्रदेश साँसद तथा संस्थाकी सल्लाहकार लख्खी गणेश,महिला सुरक्षा दबाब समुहकी अध्यक्ष शारदा रिजाल,साहारा नेपाल महिला बिभाग संयोजक चित्रकला ओली,संस्थाका अभिभावक केशवप्रसाद ओझा,सल्लाहकार गंगाबहादुर खड्का,नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, विर्तामोड –२ का वडाध्यक्ष किशोर पौडेल,समाजसेवी डिल्लीराम सिटौला, संस्थाकी हल्दीबारी संयोजक शान्ता खतिवडा शिवाकोटी, बाह्दशी संयोजक राधिका भट्टराई, कचनकवल संयोजक रुपा खनाल गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रमका बिच संस्थाको केन्द्रीय समितिका पदाधिकारी,तीन वटै शाखाका पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै संस्थालाई स्थापनाकाल देखिनै सहयोग गर्ने बिर्तामोडका अमिर खान पठानलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
त्यस्तै कोशी प्रदेश सदस्य सबिना बजगाईं तथा लख्खी गणेश, महिला नेतृ रञ्जु प्याकुरेल, चित्रकला ओली, देविका अधिकारी ,टीका बराल, मनिसा गौतम(प्रेस सल्लाहकार) गंगाबहादुर खड्का, कामेश्वर गणेशलगायतलाई सल्लाहकारमा मनोनित गरी सम्मान समेत गरिएको संस्थाका अध्यक्ष शिखा खड्काले जानकारी दि नुभयो ।
संस्थाकी उपाध्यक्ष मुना खड्काले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बाह्दशी शाखाकी सदस्य सृजना ढुंगेल पौडेलले गर्नुभएको थियो । त्यसपछि सम्पन्न साधारण सभाको वन्दसत्रले संस्थालाई वैधानिक मान्यता दिएको छ । त्यस्तै आगामी दिनमा संस्थालाई झापाका १५ वटै स्थानीय तहमा विस्तार गर्ने, महिलालक्षित कार्यक्रमहरु माग गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।