अहिले नेपाली क्रिकेटप्रेमीको ध्यान आगामी जेठ २० गतेदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुने नवौं संस्करणको टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छ । १० वर्ष पछि नेपाली क्रिकेट टिमले विश्वकपमा पुन: स्थान बनाएपछि अहिले नेपाली टिम अमेरिका पुगिसकेकोछ। नेपाली क्रिकेट टिमका पछिल्लो विश्व स्तरमा भएका उत्कृष्ट प्रदर्शनले यसमा रुचि नभएकाहरुको पनि ध्यान खिचिरहेको छ ।
यही जुन २० देखि २९ अर्थात जेठ २ देखि असार १५ ( नेपाली समयानुसार) सम्म संयुक्तरुपमा अमेरिका र वेस्टइन्डिजले आयोजना गर्ने बीस बीस ओभरको विश्व स्तरिय क्रिकेट प्रतियोगितामा दस वर्ष अघि सन् २०१४ मा यसै प्रतियोगितामा सहभागी भईसकेको नेपालको यो दोस्रो सहभागीता रहनेछ जुन प्रतियोगितामा विश्वका २० राष्ट्रले सहभागिता जनाउनेछन् ।
सहभागी हुने २० राष्ट्र मध्ये एसिया छनौटबाट नेपाल सँगै ओमन अफ्रिकी छनौट बाट नामिविया र युगान्डाले यस प्रतियोगितामा सहभागिता जनाउदा अमेरिकी छनौटबाट क्यानडा, पुर्वि एसिया प्रसान्त क्षेत्रिय छनौटबाट पपुवा न्यु गिनि, त्यस्तै आयोजकका हैसियतले अमेरिका र वेष्ट ईन्डिजका साथै आई. सि. सि. टि- ट्वान्टि विश्व क्रममा रहेका हैसियतबाट अफगानिस्तान र बंगलादेशले यो नवौं संस्करणको विश्व प्रतियोगितामा भिडन्त गर्दैगर्दा युरोप छनौटबाट आयरल्यान्ड र स्कटल्याण्डले पनि सहभागिता जनाउदै छन । यसैगरी बाँकी ८ ओटा राष्ट्रहरु गत संस्करणमा उत्कृष्ट स्थानमा रहेका आधारमा सोझै यो विश्वकपमा सहभागी हुन अमेरिका र वेष्ट ईन्डिज जादैछन । ती भाग्यमानी ८ राष्ट्रहरुमा अष्ट्रेलिया , ईङ्लेण्ड, भारत, नेदरल्यान्डस् , न्युजिल्यान्ड , पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका रहेकाछन् ।
यी २० राष्ट्रलाई ४ वटा समुहमा विभाजन गरि यो प्रतियोगिता खेलाईदैछ जसमा नेपाल समूह "डि" मा रहेकोछ जहाँ दक्षिण एसियाली दुई राष्ट्र श्रीलंका र बंगलादेश का साथै नेदरल्यान्डस् र दक्षिण अफ्रिका पनि रहेका छन । त्यस्तै समूह "सि" मा आयोजक तथा दुई पटको विजेता वेष्ट ईन्डिजका साथमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनि र युगान्डा रहेकाछन भने समूह " बि" मा दुई पटको विजेता इङ्लेण्ड, एक पटकको विजेता अष्ट्रेलियाका साथमा नामिविया, स्कटल्याण्ड र ओमन रहेकाछन । यसैगरी समुह " ए" मा वहुचर्चित भारत र पाकिस्तानका साथमा आयरल्यान्ड, क्यानडाका साथै आयोजक अमेरिका रहेका छन् । समुहमा यी राष्ट्रले एक अर्कामा एक एक खेल खेल्नेछन् जहाँबाट उत्कृष्ट दुई टोलि अर्को चरणको उत्कृष्ट ८ गराईनेछ जहाँबाट उत्कृष्ट दुई दुई गरि ४ राष्ट्रले सेमिफाइनलको यात्रा तय गर्दै फाईनल तर्फ लाग्नेछन । खेल तालिका नेपाली समयानुसार तल दिईएको छ ।
अब कुरा गरौ नेपाल रहेको समुहको जहाँ नेपालले पहिलो खेलमा नेदरल्यान्डस को सामना गर्दैछ । यो खेल अमेरिकाको टेक्सास राज्यको डलासमा जेठ २२ गते ( जुन ४ तारिख) राति ९:१५ बजेबाट शुरु हुनेछ । उच्च मनोवल लिएर अमेरिका पुगेको नेपाली टोलि रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रनेछ । भारतिय प्रशिक्षक मोन्टि देसाईको प्रशिक्षणमा रहेको नेपाली टोलिलाई त्यहा अमेरिकामा रहेका नेपाली समर्थकको पनि राम्रो साथ रहनेहुदाँ पहिलो पटक सन् २०१४ मा विश्वकप खेल्दा निकालेको शुरुवाति जित यसपटक पनि दोहोरिने आशमा नेपाली समर्थकहरु रहेकाछन । स्मरण रहोस् सन् २०१४ मा पहिलो पटक टि ट्वान्टी विश्वकप खेल्दा नेपालले आफ्नो पहिलो खेलमा नै हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउदै सुखद शुरुवात गरको थियो । सन् २०२३ को अन्त्य तिर आईपुग्दा उत्कृष्ट लयमा रहेको नेपाली टोलि २०२४ को शुरुवातसँगै केही खस्किएको महशुस भएता पनि लगातारको तयारी खेलहरु, अमेरिका जानू अघि दुई पटकको विजेता वेष्ट ईन्डिजसँग घरेलु मैदानमा पाएको दुई जितले मनोवल उच्च पारेको छ नेपाली टोलिको । यसैगरी आफ्नो दोस्रो खेल पनि नेपालले अमेरिकी मैदानमा नै खेल्नेछ ।
अमेरिकाको फ्लोरिडामा जेठ ३०( जुन १२) गते विहान ५:१५ बजे शुरु हुने खेलमा नेपालले पाँचौ संस्करणको विजेता तथा दक्षिण एसियाली छिमेकी राष्ट्र श्रीलंकाको सामना गर्नेछ । यस फरमेटको प्रतियोगितामा पछिल्लो समय त्यति लयमा नदेखिएको श्रीलंका विरुद्ध यदि नेपालले जित निकाल्ने हो भने उसका लागि अघिल्लो चरणको बाटो अलिक सहज हुनेछ ।
अनिश्चिताको खेल भनेर चिनिने क्रिकेटमा अप्रत्याशित नतिजा यस्ता ठुला प्रतियोगिताहरुमा धेरै भएका पनि छन । त्यसैले पनि नेपाल यी दुई खेल पछि आफ्नो तेस्रो र चौथो खेलका लागि सेन्कोट भिनसेन्ट एण्ड दि ग्रीनाडिन्सको राजधानी किङ्सटन जानेछ । जहाँ उसले आफ्नो तेस्रो खेलमा विश्व स्तरिय ठुला स्टेजमा जहिले पनि अभागि भनेर कहलिएको दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल विष्लेषकहरुका अनुसार नेपालको लागि यो खेल सबैभन्दा कठिन मानिएको छ । नेपाली समयानुसार असार १ गते अर्थात जुन १५ तारिख विहान ५:१५ बजे नै शुरु हुने यस खेलमा नेपालको प्रदर्शन उच्च रहनसके नेपाली क्रिकेटप्रेमिहरुका लागि त्यो भन्दा खुसीको क्षण अरु हुनेछैन ।
त्यस्तै नेपालले आफ्नो समूह चरणको अन्तिम खेल सन् २०१४ को विश्व कपको हारको बदला लिने उदेश्य का साथ उच्च मनोवल राख्दै बंगलादेशको सामना गर्नेछ । यो खेल असार ३ गते ( जुन १७) विहान ५:१५ बजे शुरु हुनेछ । स्मरणीय कुरा के छ भने नेपालले खेलेको विश्व कप २०१४ मा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले हारेता पनि तेस्रो खेलमा अफगानिस्तानलाई जितेको थियो तर बंगलादेशसँग अंक बराबर भएर रनरेटका आधारमा पछि पर्दै समूह चरणबाट घर फर्कनु परेको थियो । त्यसैले त्यो तितो अनुभव बटुलि सकेका एकमात्र खेलाडी सोमपाल कामिको साथमा सबै नयाँ तथा युवा खेलाडीले भरिएको नेपाली टिमका लागि यो विश्व कप पक्कै पनि सम्झन योग्य हुनेछ ।