झापा, जेठ ४ । बाहुनडाँगी जेसीजको आयोजनामा लागु औषध दुर्व्यशन विरुद्धको सप्ताह अन्तर्गत दोस्रो दिन बिहिबार पवित्रा मावि मेचीनगर १ तिरिङ सम्पन्न भएको छ । “बाहुण्डाँगी जेसीजको अभियान ः लागु औषध रहित समाजको पहिचान” भन्ने नाराका साथ विद्यालय विशेष कार्यक्रम बुधवारबाट सुरु भएको थियो ।
लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखाका प्रमुख, प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेले लागु औषध दुर्व्यशन विरुद्धको अभियानको सहजीकरण गर्नु भएको थियो । उहाँले पछिल्लो समय लागु औषध प्रयोगकर्ता बढदै गएको र खुल्ला सिमानाका कारण ओसारपोसारमा पनि बृद्धि भएकाले यसलाई न्यूनिकरण गर्न विद्यार्थीहरुले भूमिका निर्वाह गर्नु पर्ने बताउनस भएको थियो । कार्यक्रममा ६० जना विद्यार्थीहरु सहभागि रहेका थिए ।
बाहुनडाँगी जेसीजका उपाध्यक्ष सदेश पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक धुब्रकुमार थापा, सहायक प्रधनाध्यापक टेकचन्द्र फुयाल, शिक्षक विष्णु अधिकारी, गोपाल खतिवडा, बाहुण्डाँगी जेसीजका कार्यक्रम संयोजक सामुल रायालगायतको सहभागिता रहेको थियो । यो अभियान साबिक बाहुनडाँगी हालको मेचीनगर १, २ ३ र ४ वडाका १५ वटा निजि तथा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ ।
पछिल्लो समय विद्यालय तहबाट लागु औषध दुव्र्यशनी प्रयोगकर्ता बढ्दै गएको र यसलाई न्यनिकरण गर्न हरेक विद्यालयमा अभियान सञ्चान गरिएको कार्यक्रम संयोजक सामुल रायाले बताउनु भयो । जसमा सरस्वती मावि, पशुपति मावि, पबित्र मावि, जनता मावि, भानु मावि, मेची जनसाधारण मावि र बलभद्र आविमा सञ्चालन हुने र करिब ७ सय विद्यार्थीहरु माझ पुग्ने संयोजक रायाले बताउनु भयो ।
अभियानमा लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुण्डाँगी प्रहरी चौकीले सहजीकरण गर्नेछन । अभियान अन्तर्गत आज शुक्रवार पशुपति मावि मेचीनगर ४ मा सञ्चालन हुने कार्यकारीणी उपाध्यक्ष सुष्मा मिश्रले बताउनु भयो ।