मेचीनगर, वैशाख १० । मेचीनगर १० स्थीत चेतनशिल सामुदायिक सिकाई केन्द्रले विद्यालय भर्ना अभियानलाई सघाउन सचेतना फैलाउन शुरु गरेको छ । वैशाख ८ गते शनिबार एक कार्यक्रमको आयोजना गरी कुनै पनि वालवालिका शिक्षाबाट वञ्चित हुनुहुँदैन, विद्यालय जानुपर्छ भन्ने मुख्य उद्देश्यका साथ चेतनशिल सामुदायिक सिकाइ केन्द्रले सचेतना फैलाएको छ ।
विद्यार्थी भर्ना अभियानका लागि अभिभावक तथा विद्यार्थीहरुकाबीच मेचीनगर १० खयरडाँगीको दनुवार बस्तीमा सिकाई केन्द्रका अध्यक्ष उदय बराईलीको अध्यक्षतामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख आतिथ्यता मेचिनगर १० का वडा अध्यक्ष नारायण खनालले गर्नु भएको थियोे । कार्यक्रममा धुलाबारी मा.वि का प्रध्यानाध्यापक महेन्द्र बिलास लुईटेलले शिक्षाको महत्त्व का विषयमा आफ्नो बिचार राख्नु भएको थियो ।
विद्यार्थी भर्ना अभियान बिषयमा शिशु साक्षर आधारभुत विद्यालयका प्रध्यानाध्यापक इन्द्र प्रसाद आचार्यले बिचार राख्नु भयो। शिशु साक्षर आधारभुत विद्यालयका पुर्व ब्यबस्थापन समिति अध्यक्ष बि.पि भट्टराई, चेतनशिल युवा परिवारका पुर्व अध्यक्ष चेतन बिष्ट, मेचीनगर १० का वडा सदस्य विशाल कार्की, अभिभावकको तर्फ बाट बिन्ती चौधरीलगायतले यस क्षेत्रका वालवालिका विद्यालय जान नसक्नुका कारण सहितका बिचार राख्नु भएको थियो ।
कार्यक्रममा १० नं वडा सदस्य जानुका थापा, शिशु साक्षर आधारभुत विद्यालयका सहायक प्र अ.लोकनाथ ढकाल, मेचीनगर १० मानव बिकास एकता समाजका अध्यक्ष मोहन शिवाकोटी, खयरडाँगी क्याम्प टोल विकास संस्थाका अध्यक्ष लिला खवास, पूर्विद्वार बचत तथा ऋण सहकारीको ब्यवस्थापक प्रल्हाद खड्का, धुलाबारी खाने पानी संस्थाको कार्यसमिति सदस्य धनमाया गौतम लगायतको उपस्थिति थियो। कार्यक्रम संचालन संस्थाको उपाध्यक्ष धर्मेन्द्र खड्काले गर्नु भयो।