झापा, चैत २१ । नेकपा एकिकृत समाजवादी झापाले जिल्ला समितिकाे जिम्मेवारी ताेकिएकाे छ । महाधिवेशन आयाेजक समितिमा रूपान्तरण गरिएकाे जिल्ला समितिमा पुन पदाधिकारीकाे जिम्मेवारी ताेकिएकाे नेकपा एस झापाले जनाएकाे छ ।
चैत १५ गते बसेकाे जिल्ला समितिकाेबैठकले पदाधिकारीहरू जिम्मेवारी ताेक्नुसंगै सचिवालय र कार्यालय कमिटि समेत गठन गरेकाे हाे ।
यस अघि जिल्ला संयाेजक रहनु भएका बेदराज रेग्मीलाई जिल्ला अध्यक्ष रहनेगरी उपाध्यक्षमा बासु दुलाल, प्रत्युस राना र सविता भेटवाललाई ताेकिएकाे छ । त्यस्तै जिल्ला सचिवकाे जिम्मेवारी बिपि भट्टराईलाई दिईएकाे छ ।
पदम सुब्बा, नविन ईजम र तीर्थ सिग्देललाई पार्टीकाे जिल्ला कमिटिकाे उपसचिवकाे जिम्मेवारी ताेकिएकाे छ ।
त्यसै गरी बैठकले १९ सदस्यीय कार्यालय कमिटि गठन गरेकाे सचिव बिपि भट्टराईले जानकारी दिनु भयाे । भट्टराईका अनुसार कार्यालय कमिटिमा पदाधिकारी सबै सहित भास्कर घिमिरे, पर्शुराम शंकर, श्रीप्रसाद सिटाैला, गाेपी अधिकारी, प्रेमसागर सापकाेटा, सानुकुमार लामा, खगेन्द्र अधिकारी, ज्ञानेन्द्र नम्लेखु सुब्बा, टिका प्रसाई अनिलदेव राई र मदन खतिवडा रहने निर्णय गरिएकाे छ ।
साेही बैठकले जिल्ला सचिवालय कमिटि समेत गठन गरेकाे छ । सचिवालयमा कार्यालय कमिटिका १९ जना, गाउँ तथा नगरका अध्यक्ष र ईन्चार्ज रहनेछन भने प्रकाश भारती र नन्दिकेशर पाेखरेल सदस्य रहने निर्णय भएकाे सचिव भट्टराईले जानकारी दिनु भयाे ।