देशमा दिनदिनै कोरोना संक्रमीतको संख्या बढीरहेको छ ।
देशमा कोरानाको झनै ठूलो महामारी फैलिरहेको अवस्थामा मुलुकभरका केहि विद्यालयहरुले भने विद्ययार्थी बोलाएर पठन पाठन सुरु गरि सकेका छन् ।
सरकारले यस अघि नै वैकल्पीक विधिबाट मात्रै पठन पाठन गर्न गराउन आदेश दिसके पनि केही निजि तथा सामूदायीक विद्यालयहरुले स्कूल मै विद्यार्थी बोलाएर पढाउन थालीसकेका हुन् ।
शिक्षा मन्त्री आफैले पनि विभिन्न कार्यक्रमहरुमा तत्काल विद्यालय खोल्ने अवस्था नरहेको बताउँदै आए पनि देशमा कति विद्यालय खुले कस्तो स्वास्थ्य सुरक्षा विधि अपनाएर सञ्चालन हदैँछ भन्ने विषयमा अहिले सम्म पनि चासो दिएको देखिदैन ।
यसअघि स्कुलहरु कोरोना संक्रमणको थलो बने भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न नसक्ने भन्दै अन्र्तर्वार्ता दिँदै हिड्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेल अहिले हालसालै खुलेका विद्ययालयहरु तत्काल बन्द गर्न निदेर्ष्न समेत दिन सकिरहेका छैन ।
अहिले शिक्षामन्त्री पोखरेल आफैँ कोरोना संक्रमित भएर आइसोलेसनमा छन् ।
उनलाई हिजोमात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
उता, नेपाल सरकारले पनि लकडाउन गर्नु अघि सञ्चालन गर्नु नहुने संस्थाहरुको सूचीमा पहिलो नम्वरमा शैक्षिक संस्थालाई नै राखेको छ ।
सरकारले विद्यालयहरुलाई वैकल्पिक पद्धतिबाटै विद्यार्थी पढाउनु पर्ने भनेको छ । त्यती मात्र नभएर विद्यार्थीबाट स्थानीय निकायले तोकिदिएको शुल्क समेत लिन पाउने गरी नयाँ ब्यवस्था लागू गरेको छ ।
तर पनि विद्ययालयहरुले वैकल्पिक पद्धतिमा विद्यार्थीको पहुँच अत्यन्त न्यून रहेको भन्दै विद्यालय खोलीरहेका छन् ।
हुन त देशभरका धेरै ठाँउमा अनलाइन, रेडियो, टेलिभिजन आदिबाट गरिने दुरशिक्षा पहुँच अत्यन्त न्यून छ ।
तर पनि विद्यार्थीको स्वास्थ्य भन्दा ठूलो शिक्षा त पक्कै नहोला ?
यस अघि शिक्षा मन्त्रालयले समेत अहिले विद्यार्थी विद्यलय जाने हाईन, विद्यलय विद्यार्थी सम्म पुग्नुपर्छ भनेको थियो ।
त्यसो हो भने, विद्यलयका शिक्षक विद्यार्थी सम्म पुग्दा संक्रमणको जोखिम कम हुन्छ भन्ने के ग्यारेन्टी त !
शिक्षामन्त्री उता वैकल्पिक पद्धतिबाटै शैक्षिक सत्र खेर जान नदिने गरि पठन पठान गर्न निर्देष्न दिने, यता विद्यालयहरु धमाधम विद्यार्थी बोलाउने गर्दा विद्यार्थीको शारिरक स्वस्थमा मात्र हाइन मानसिक स्वस्थमा पनि ठूलो असर पर्ने देखिन्छ ।
अहिले शिक्षामन्त्री आँफै आइसोलेसनमा छन् । कोरोना संक्रमण विद्यलयमा नफैलियला भन्न सकिने अवस्था पनि छैन ।
चुनौतीका विच खुलेका शैक्षिकसंस्थाका विद्यार्थीहरुको स्वास्थ्यको ग्यारेन्टी शिक्षामन्त्रालय लिने की, सरकारले लिने की स्वयंम विद्ययलय आँफैले लिन्छ ?