डिल्लिराम भण्डारी ।।
छ मानिस बहुरुपी, सिक्का को दुई तर्फी जति
पाइला तिमी चाल्दै जाउ, चिनिन्छ जाती- नजाती कति ।।
दिन पछि रात हुन्छ, प्रहर छ परिश्रमी कति
पाइला तिमी चाल्दै जाउ, भेटिन्छ छहारी कति कति ।।
सत्य कोहि बोल्दैन्न यहाँ, उक्साउछ्न सके जति
पाइला तिमी चाल्दै जाउ, भेटिन्छ सत्मार्ग खोजी रोजि ।।
छ मानिस बहुरुपी, सिक्का को दुई तर्फी जति
पाइला तिमी चाल्दै जाउ, मिसिन्छ नहर खोजी नदि ।।
अविरल बग्दछ पसिना , सिञ्चन क्षमता कति कति
पाइला तिमी चाल्दै जाउ, हुनेछ आरोह आरोहण कति कति ।।
असत्य कोहि बोल्दैन्न यहाँ, खोज्छन बनाउन आफ्नो कति
पाइला तिमी चाल्दै जाउ, भेटिन्छ सत्मार्ग खोजी रोजि ।।