मेचीनगर, असोज २६ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण दैनिक रुपमा बढीरहेको भन्दै त्यसबाट जोगिनका लागि सचेत रहन मेचीनगर नगरपालिका कार्यालयले आम नगरबासीहरुमा आवहान गरेको छ ।
नगरपालिकाले सार्वजनिक सुचना जारी गरी चार्ड पर्वको बेला मानिसको आवतजावत अत्याधिक हुने र बजारहरुमा भिडभाड बढ्ने भएकाले कोरोना संक्रमण झन बड्ने अवस्था भएको भन्दै आम नागरिकले स्वब्यवस्थापन नगर्ने हो भने कोरोनाको अवस्था भयावह हुन सक्ने चेतावनी समेत दिएको छ ।
मेचीनगरकी उपप्रमुख मिना उप्रेतीले हस्ताक्षर गरेर जारी गरेको सार्वजनिक सुचनामा भनिएको छ,‘परिस्थितिको मुल्याकंन गरी सबै नागरिकले स्वब्यस्थापन नगर्ने हो भने कोभिड १९ को संक्रमण नियन्त्रण गर्न नसकिने गरी भयावह स्थिति श्रृजना हुन्छ ।’
नगरपालिका भित्र लाग्ने सबै प्रकारका दैनिक हाट बजार, पशु हाट र चाडपर्वका अवसरमा लगाइने मेला, जात्रा लगाउन नपाउने समेत नगरपालिकाले सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।
त्यस्तै स्थायी संरचना भएका मठ, मन्दीर, चर्च, मज्दीत बाहेक कुनै पनि देव देवताका मुर्ति राखि वा पुजा स्थान बनाएर अस्थाइ रुपमा पुजा गर्ने स्थल बनाउन नपाइने नगरपालिकाले जनाएको छ ।
पुजा गर्नै पर्ने मठ मन्दीर, चर्च, मज्जीद जस्ता स्थानहरुमा एक जना जिम्मेवार ब्यक्तिले मात्रै पुजा गर्ने ब्यवस्था मिलाउन पनि नगरपालिकाले सरोकारवाला सबैमा आग्रह गरेको छ ।
कोरोना भाइरस कोभिड १९ नियन्त्रण र रोकथामका लागि नगरपालिकाले १० बुंदे सार्वजनिक सूचना जारी गरेको हो ।