झापा, फागुन ३० । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आज संसदमा आफ्नाे क्षेत्रका माओवादी केन्द्रका नेताहरूलाई सम्झिनु भएकाे छ ।
नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका सांसद शर्माले प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेस पार्टीका तर्फबाट बोल्दै झापा क्षेत्र नं १ का केही माओवादी केन्द्रका नेताहरूकाे नामै लिएर स्मरण गर्नु भएकाे हाे ।
`मेरा क्षेत्रका माओवादी साथीहरूकाे नाम लिन चाहन्छु, संसदमा बाेल्ने क्रममा प्रधानमन्त्री प्रचण्डतर्फ ईगिंत गर्दै शर्माले प्रश्न गर्नुभयाे, `श्यामविर लिम्बू, बोधराज दहाल, प्रकाश भण्डारी, माधव अर्याल, नरेन्द्र मेचे, राजन चिमरिया, र शुरेस बराइलीलाई प्रधानमन्त्रीले चिन्नु हुन्छ कि हुन्न, चुनावमा हामी संगसंगै हिडेका यी साथीहरूले मलाई केन्द्रमा के भएकाे हाे भनेर साेद्धा क्रान्तिकारी उथलपुथल भएकाे हाे भनेर जवाफ दिनु मैले ?´
सांसद शर्माले रास्वपातर्फ संकेत गर्दै मिशन ८४ भन्ने साथीहरूले पनि अब त्याे भन्दा छिट्टै साेच्ने बेला भएकाे बताउनु भयाे ।
`केही समय अघि देशमा केही भएकाे छैन, ८४ मा हामी आउँछाै अनि गर्छाै भन्नेहरूले अब ८०/८१ तिरै साेच्ने बेला भयाे´, संसदमा शर्माले भन्नुभयाे, याे देशमा केही भएकाे छैन हाेईन, केही भएकाे छ तर ढिलाे भएकाे छ भनेर मिशन ८४ वाला साथीहरूले नै पुष्टी गरिसकेकाे छ ।´ शर्माले रास्वपाकाे पैदल यात्राकाे स्मरण समेत गराउँदै केही नभएकाे भनिरहनु भएका साथीहरूले नै बाटाे निर्माण भईरहेकाे तर ढिलाे भएकाे बताएर देशमा केही भईरहेकाे पुष्टी गरेकाे बताउनु भयाे ।