बिर्तामाेड, फागुन ३० । महिला उद्यमी संघ झापाकाे आयाेजनामा सञ्चालित दुई दिने धुपबाती बनाउने तालिम बुधबार सम्पन्न भएकाे छ ।
संस्थाकाे बार्षिक उत्सवकाे अवसर पारेर मंगलबार शुरू भएकाे तालिममा ३२ जना स्थानीय महिलाहरू सहभागि भएकाे महिला उद्यमी संघ झापाकी अध्यक्ष सुस्मा पाैडेलले जानकारी दिनु भयाे ।
महिलाहरूलाई घरमै बसेर आयआर्जन गर्न सक्ने शीपकाे विकास गराउन याे तालिमकाे आयाेजना गरिएकाे अध्यक्ष पाैडेलले बताउनु भयाे ।
उद्यमी महिला तथा मेची उद्याेग वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारी चाैहानले सहजिकरण गर्नु भएकाे तालिमकाे आज एक समाराेहकाबीच समापन गरिएकाे छ । संस्थाकी अध्यक्ष सुस्मा पाैडेलकाे सभापतित्व तथा बिर्तामाेड वार्ड नं २ का वडा अध्यक्ष किशाेर पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे समापन समाराेहमा वीर अमरसिंह माविका प्रधानाध्यापक यदुनाथ अधिकारीकाे बिशेष आतिथ्यता रहेकाे थियाे ।
समापन समाराेहमा प्रमुख अतिथि वडा अध्यक्ष पाैडेल, विषेश अतिथि अधिकारी, कार्यपालिका सदस्य तिला गाैतम, वडा सदस्य शर्मिला तिखत्री, पत्रकार सुब्रत न्याैपाने र सहजकर्ता निर्मला भण्डारी चाैहानले तालिमकाे महत्व र यसबाट आज आर्जन गर्ने सहयाेग हुने बिषयमा शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
यसैबिच धुपबाती बनाउने तालिमकाे समापनकै अवसरमा महिला उद्यमी संघ झापाले संस्थाकाे नवाैं स्थापना दिवस समेत मनाएकाे छ ।
२०७१ फागुन ३० गते स्थापना भएकाे संस्थाकाे स्थापना दिवसमा अध्यक्ष पाैडेलले केक समेत काट्नु भएकाे थियाे । साे अवसरमा बिर्तामाेड वडा नं २ का वडा सदस्यहरू, वडा सचिव, संस्थाकी संस्थापक अध्यक्ष गाेमा भट्टराई सहित, पुर्व अध्यक्ष तथा संस्थाका पदाधिकारी र सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
बेलडागीस्थीत बिर्तामाेड वडा नं २ काे कार्यालयमा सञ्चालन भएकाे तालिमकाे समापन कार्यक्रममा संस्थाकी बरिष्ठ उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत मन्तब्य राख्ननु भएकाे थियाे भने महासचिव यमुना तिवारीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।