बाहुनडाँगी, फागुन १८ । झापाको बाहुनडाँगी जेसीजले नेपाल जेसीजले प्रदान गर्ने महिना उत्कृष्ट शाखाको अवार्ड लगातार दोस्रो महिना पनि प्राप्त गर्न सफल भएको छ । जनवरी महिनामा उत्कृष्ट अवार्ड पाएको बाहुनडाँगी जेसीजले फेब्रुअरी महिनामा समेत उत्कृष्ट शाखाका रुपमा चयन भएको बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले बताउनु भयो ।
नेपाल जेसीजले देशभरिका शाखाहरुले महिनाभरि गरेका कार्यक्रम, नेपाल जेसीजले आयोजना गरेका कार्यक्रममा सहभागिता, सचिवालय व्यवस्थापन लगायतका बिषयमा मुल्याकंन गरी प्रत्येक महिना उत्कृष्ट शाखाको रुपमा सम्मानित गर्ने गरेको छ ।
यसैबीच बाहुनडाँगी जेसीजले दुई दिने प्रभावकारी भाषणकला तालिम शुक्रबार सुरु भएको छ । मेचीनगर ४ मा सुरु भएको तालिमको उद्घाटन नेपाल जेसीजका तालिम आयुक्त सुयोग खरेलले गर्नु भएको थियो । तालिममा जेसीजका सदस्य र विद्यार्थीहरु गरी ५० जनाको सहभागिता रहेको छ । नेपाल जेसीजले सञ्चालन गर्ने तालिमको नमुनाका आधारमा सञ्चालन गरेको यो तालिम बाहुण्डाँगीमा पहिलो पटक अभ्यास गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष बानियाँले बताउनु भयो ।
रेडियो बिराट बिर्तामोडकी प्रबन्धक निर्देशक लिला अनमोल प्रमुख प्रशिक्षक रहनु भएको तालिमको उदघाटन जेसीजका अध्यक्ष बानियाँको सभापतित्व तथा नेपाल जेसीजका तालिम आयुक्त सुयोग खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथि मेचीनगर वडा नम्बर २ का वडा अध्यक्ष तथा बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष दिपक बराल, नेपाल जेसीजका पूर्व उपाध्यक्ष राजिब प्रसाई, मेचीनगर ४ का वडा सदस्य गिता लुङ्गेली, होम स्टे एशोसियशनका कोशी प्रदेश सचिव मञ्जिल देवानलगायतले तालिमबाट बिषयत ज्ञान बढ्ने बताएका थिए ।
कार्यक्रम संयोजक सामुल रायाले स्वागत गर्नु भएको कार्यक्रममा जेसीज आस्था पाठ उपाध्यक्ष थेसीस रुचाल र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गर्नु भएको थियो । यो तालिमसँगै बाहुनडाँगी जेसीजले जनवरी र फेब्रुअरी महिनामा १४ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ ।