झापा, फागुन १७ । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली काँग्रेसका राजु न्यौपाने विजयी हुनु भएको छ ।
मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गर्नु भएको हो । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका अर्जुनकुमार मैनालीले १५२० मत प्राप्त गर्नु भएको छ । काँग्रेसको प्यानल बहुमतसहित विजयी भएको छ भने केही पदमा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपा सहितको संयुक्त प्यानलका उम्मेदवारहरुले जित हासिल गरेका छन ।
१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा काँग्रेसका उम्मेद्वारले जित निकालेका छन ।
वरिष्ठ उपाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकुमार घिमिरे राजु १८२६ मतसहित विजयी हुनु भएको छ । त्यस्तै महासचिवमा काँग्रेसका कुशल खतिवडा २११९ मत ल्याएर विजयी हुनु भएको छ भने उद्योग उपाध्यक्षमा काँग्रेसका विशाल थापा २१०३ मतसहित निर्वाचित हुनु भएको छ ।
वाणिज्य उपाध्यक्षमा पनि काँग्रेसकै जीवनकुमार खड्का १९२१ मतसहित विजयी हुनु भएको छ भने जनसम्पर्क उपाध्यक्षमा एमालेकी गोमा भट्टराईले १८६१ मतसहित विजयी हुुनु भएको छ । त्यस्तै उद्योग सचिवमा काँग्रेस पुकार बरालले १९९५ मतसहित जित्दा वाणिज्य सचिवमा पनि काँग्रेसकै राजकुमार शाह १८५५ मतसहित निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा एमालेका युवराज निरौलाले १८८६ मतसहित जित्दा सहकोषाध्यक्षमा काँग्रेसकी तिलोत्तमा खत्री १८२७ मतसहित विजयी हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा काँग्रेसका अनन्तलाल महतो १७६३, रमेश घिमिरे १८०१, दिनेश श्रेष्ठ १६७२, डिल्लीराम कोइराला १५६१ मतसहित विजयी हुँदा एमाले नेतृत्वको संयुक्त प्यानलका तर्फबाट कृष्णप्रसाद बजगाई १६६८, शत्रुधन गुप्ता १५३० र केदार खनाल १५४५ मतसहित विजयी भएका छन । त्यस्तै महिला सदस्यमा काँग्रेसका सुशिलाकुमारी कार्की १७५७ र संयुक्त प्यानलकी सुष्मा उप्रेती सुवेदी १६९५ मतसहित विजयी हुनु भएको हो । फागुन १४ गते सोमबार भएको मतदानमा ४ हजार ९५ मत खसेको थियो ।