धुलाबारी, फागुन ८ । राजनितिक बिश्लेषक प्रा डा लोकराज बरालले राजेन्द्र लिङदेन र दुर्गा प्रसाईले भन्दैमा रातजन्त्र नआउने बताउनु भएको छ । मेचीनगर लेडी जेसीजद्वारा आज धुलाबारीमा आयोजित ‘वर्तमान राजनिति र अबको बाटो’ बिषयक बिचार गोष्ठीमा बोल्दै पुर्व राजदुत समेत रहनु भएका बरालले नेपालमा पटक पटक जनताले लोकतन्त्र स्थापीत गर्ने र राजाले त्यसलाई प्रहार गरेर अस्थीरता ल्याउन भुमिका खेल्ने गरेको बताउनु भयो ।
‘नेपालमा राजतन्त्रले अनुकुल अवस्था देखे टाउको उठाउन खोज्छ,’ बरालले भन्नुभयो,‘राजेन्द्र लिङदेन र दुर्गा प्रसाईले भन्दैमा रातजन्त्र आउँदैन ।’ बरालले हिन्दु राष्ट्र भन्नेहरू लोकतन्त्रका बिरोधी भएको समेत बताउनु भयो । ‘जसले हिन्दु राष्ट्र भन्छ ति लोकतन्त्रका बिरोधी हुन,’ बरालले भन्नुभयो, ‘लोकतन्त्र कहिले पनि जादैन, आज गए भोलि झन बलियो भएर फर्किएको इतिहास साक्षी छ ।’ ‘गणतन्त्र जादैन, गणतन्त्र जानु भनेको जनता जानु हो,’ कार्यक्रममा बोल्दै ८५ बर्षिय बरालले भन्नुभयो, ‘जनता रहुन्जेलसम्म गणतन्त्र रहिरहन्छ ।’
उहाँका अनुसार पछिल्लो समय नेपाली जनता परिवर्तनको पक्षमा उभिएका छन । बालेन शाह, हर्क साम्पाङ, रास्वपा जस्ता व्यक्ति र पार्टीले चुनावमा सफलता पाउनु जनताले परिवर्तन खोजेका छन भन्ने पुष्टी भएको बरालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालेन, हर्क, हमाल र रास्वपाले मत पाउनु परिवर्तनको आधार हो, अब पुराना भनिएका ठुला पार्टीहरु काँग्रेस, एमाले र माओवादीको भविश्य कमजोर हुँदैछ ।’ तर परिवर्तन चाहने जनताको प्रतिबद्धता के मा छ भन्ने कुरा मुख्य बिषय भएको बरालले टिप्पणी थियो । परिवर्तन चाहनेहरुले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीतामा भन्दा बाहिर सोचेको हो भने त्यसले मुलुकलाई गम्भिर संकटमा पुर्याउने बरालको भनाई थियो । उहाँले राजनितिक दलका नेताहरुले समावेशीतालाई अपब्याख्या गरेर देखावटी रूपमा समावेशीता भनेको संख्या मात्रै हो भन्ने बनाएकाले पनि संघीय गणतन्त्र प्रति जनताले प्रश्न गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै राजनितिक बिश्लेषक प्राध्यापक कृष्ण खनालले राजनिति संधै आलोचनाको केन्द्रमा रहने भएकाले त्यसप्रति आम नागरिकले प्रश्न उठाउनु स्वाभाविक हुनु पर्नेमा अहिले दलका नेताहरुलाई आफ्ना कार्यकर्ताले प्रश्न गर्नै नसक्ने अवस्था हुनु मुलुकका लागि राम्रो नभएको बताउनु भयो । उहाँले संघीयता उल्टिने सम्भावना नरहेको बताउनु भयो । ‘संघीयता उल्टिने सम्भावना छैन,’ खनालले भन्नुभयो, ‘समाज संधै अग्रगतिमा हुन्छ, पछाडी पर्खिने हुदैन ।’
संघीय गणतन्त्रले राम्रो गति लिन नसकेको र यसको गति बढाउनु पर्ने खनालको भनाई थियो । ‘विकासको बाहिरी आवरण ठुलो भयो तर त्यसलाई अर्थतन्त्रसंग जोडिएको छैन,’ उहाँले भन्नुभयो, ‘नेपाल कुटनितिक रूपमा अहिले कमजोर भएको छ ।’ योजना बनाएर राजनिति गर्ने नेता नभएकाले पनि समस्या भएको खनालको जिकिर थियो । उहाँका अनुसार नेतृत्व अद्यावधिक हुनु पर्नेमा लामो समय एउटै नेतृत्व रहँदा राजनितिक दलहरु कमजोर हुदै गएका छन ।
कार्यक्रममा बोल्दै अर्का बक्ता प्रा डा कृष्ण हाथेछुले २००७ र २०४६ सालको आन्दोलनले देशको राज्य सत्तामात्रै परिवर्तन गरेको र २०६२/०६३ को दोस्रो जनआन्दोलनले राज्यको संरचना नै परिवर्तन गरेको बताउनु भयो । हाथेछुले महिला समावेशीका नाममा संख्यात्मक मात्रै महिला प्रतिनिधित्व भएको र कार्यकारी पदमा महिलाको सहभागिता अत्यन्तै न्यून भएको बताउनु भयो । ‘महिला, दलित, आदिवासी जनजातिको सार्थक प्रतिनिधित्व छैन,’ हाथेछुले भन्नुभयो, ‘राज्यको मुख्य क्षेत्रमा पूरूष र क्षेत्री बाहुन समुदायको मात्रै हालि मुहाली छ ।’
उहाँले अहिलेका मुख्य राजनितिक दलहरुले संघीयतालाई कस्मेटिक रुपमा मात्रै प्रयोग गरेको आरोप समेत लगाउनु भयो । ‘मुख्यमन्त्रीले मन्त्री बनाउनु पर्दा काठमाण्डौकै आदेश पालना गर्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘संघीयता पछाडी फर्किदै छ । यसलाई अगाडी बढाउन फेरि एक पटक जनता जागरूक हुनु पर्छ ।’ संस्थागत र व्यक्तिगत विकास गर्न नेताको मुख ताकेर नहुने र हरेक व्यक्तिले आफ्नो काम ईमान्दारिता पुर्वक गर्नु पर्ने हाथेछुको भनाई थियो ।
मेचीनगर लेडी जेसीजको अध्यक्ष पवित्रा बिमली प्रसाईको सभापतित्वमा मेची उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक तथा लेडी जेसीजकी उपाध्यक्ष शर्मिला दाहाल तिम्सिनाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सुनिता कोईरालाले जेसीज आस्था वाचन गर्नु भएको थियो भने लेडी जेसीजकी महासचिव रेजिना श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।