झापा, माघ १५ । आजदेखि मेनुका ओलीले बीरता लेडी जेसीज बर्ष सन २०२४ को कमाण्ड सम्हाल्नु भएको छ । झापाको बिर्तामोडमा सोमबार सम्पन्न बीरता लेडी जेसीजको १९ औं पद हस्तान्तरण कार्यक्रममा सन २०२३ की अध्यक्ष संगिता गिरीको गलामा रहेको जेसीज चेन नवनिर्वाचित अध्यक्ष मेनुका ओलीमा गलामा पहिर्याएसंगै बीरता लेडीको सन २०२४ को अध्यक्षको पदभार ग्रहण गर्दै ओलीले लेडी जेसीजको कमाण्ड सम्हाल्नु भएको हो । कार्यक्रममा निर्वाचन समिति संयोजक संगिता चिमरियाले सन २०२४ का लागि निर्वाचित जेसीज पदाधिकारीहरुको नाम घोषणा गर्नु भएको थियो ।
बीरता लेडी जेसीज बर्ष २०२३ की अध्यक्ष गिरीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न पदहस्तान्तरण कार्यक्रममा बोल्दै प्रसाईले महिला शसक्तिकरणमा बीरता लेडी जेसीजले समाजलाई महत्वपूर्ण सहयोग पुर्याईरहेको बताउनु भयो । कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष बिनोद बस्नेत, बिशेष अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष भिम कुँवर, अतिथिहरु नेपाल जेसीजका उपाध्यक्षहरु योगेश राजबंशी, बहादुर तामाङ, बिर्तामोड नगरपालिकाका विभन्न वडाका अध्यक्षहरु लगायतको विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बीरता लेडी जेसीजको माघ ४ गते सम्पन्न शाखा अधिवेशनबाट अध्यक्षमा ओली सहित कार्यकारीणी उपाध्यक्षमा निषा शाक्य र दिपा शिवाकोटी निर्वाचित हुनु भएको थियो । त्यस्तै । त्यस्तै उपाध्यक्षहरुमा अस्मिता राई, चन्दकला रिजाल, कोपिला सिटौला र कविता ओली चयन हुनु भएको थियो । जेसीज विधान अनुसार पद हस्तान्तरण कार्यक्रमकाबीच अध्यक्ष ओलीले महासचिवमा मुना मुना ढुङ्गेल, कोषाध्यक्षमा अर्चना राउत, कानूनी सल्लाहाकारमा झुमा चुडाललाई मनोनित गर्नु भएको छ । त्यस्तै सहसचिवमा एलिना रिजाल, जनसम्पर्क अधिकारीमा तारा बस्नेत निरौला, तालिम संयोजकमा प्रियंका उप्रेती र शाखा सम्पादकमा रेनुका महतो मनोनित हुनु भएको छ ।
कार्यक्रममा सन २०२३ की अध्यक्ष गिरीले नवनिर्वाचित अध्यक्ष ओलीलाई सपथ ग्रहण गराउनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष ओलीले २०२४ को कार्यसमितिका अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
बिर्तामोडको सिटि सेन्टरस्थीत साई पार्टी प्यालेसमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा यस बर्षको यज्ञतिर्थ उत्कृष्ट महिला अवार्डबाट सामाजिक अभियन्ता निर्मलाकुमारी शर्मालाई नगद १० हजार एक सयसहित सम्मान पत्र र दोसल्लाबाट सम्मानित गरिएको थियो भने उत्कृष्ट पत्रकारका रुपमा पत्रकार बिनोद पाण्डेलाई सम्मान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । तारा बस्नेत निरौलाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम २०२३ की महासचिव निषा शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।