झापा, माघ १३ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने बताउनु भएकाे छ । समुदायमा काँग्रेस अभियानकाे झापाकाे भद्रपुरमा सुभारम्भ गर्दै काँग्रेस महामन्त्री शर्माले भन्नुभयाे, `हाम्राे पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हाे ।´ `प्रधानमन्त्री हुने मान्छे जनताका कुरा सुन्न संवाद यात्रामा निस्कनु भएकाे छ,´ शर्माले भन्नुभयाे ।
संवाद यात्रा सुरू
आम नागरिकका कुरा सुन्ने भन्दै नेपाली काँग्रेसका महामन्त्री गगन थापा हुलाकी सडक केन्द्रीत संवाद यात्रा निस्कनु भएकाे छ । आज बिहान झापाकाे भद्रपुरस्थीत मेचीपुलमा आयाेजित अभियान सुभारम्भ कार्यक्रमकाबीच महामन्त्री शर्मा र काँग्रेस नेता कृष्णप्रसाद सिटाैलाले पार्टीकाे झण्डा हस्तान्तरण गरी थापालाई विदाइ गर्नु भएकाे थियाे ।
सुभारम्भ कार्यक्रममा बाेल्दै महामन्त्री थापाले संवाद यात्राका क्रममा आम नागरिकका कुरा सुन्ने बताउनु भयाे । `देशभरका किसान, मजदुर, बैदेशिक राेजगारबाट फर्केका युवा, देशमा काम गरिरहेका युवा, जेष्ठ नागरिक लगायतकाे कुरा सुन्छाै,´ थापाले भन्नुभयाे, `ति बिषयलाई काँग्रेसकाे आसन्न महासमिति बैठकमा छलफल गरी काँग्रेसलाई रूपान्तरण गरी नविन काँग्रेस बनाउने हाे ।´
कार्यक्रममा काँग्रेस सिटाैलाले मजदुर किसानले नै काँग्रेस निर्माण गरेकाले उनीहरूकाे बिचारलाई काँग्रेसकाे बिचार बनाउनु पर्ने बताउनु भयाे ।
काग्रेसकाे `समुदायमा काँग्रेस´ अभियान अन्तरगत काँग्रेस महामन्त्री थापाले हुलाकी केन्द्रीत संवाद यात्रा माघ २६ गते कन्चनपुरमा पुगेर समापन हुनेछ ।