मेचीनगर, माघ १ । निरौला बन्धु सेवा समाज मेचीनगरको १४ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुलशीप्रसाद निरौलाको सभापतित्वमा मेचीनगर ७ स्थीत जोरसिमलमा सम्पन्न साधारण सभामा ८० बर्ष उमेर कटेका १२ जना जेष्ठ निरौला बन्धुहरुलाई सम्मानित गरिएको थियो ।
सम्मानित हुनेहरुमा यसोदा निरौला (९६ बर्ष), पुण्यमाया निरौला (९२ बर्ष), डम्बर कुमारी निरौला (८६ बर्ष), भिमप्रसाद निरौला (८५ बर्ष), बिष्णुमाया निरौला (८४ बर्ष), अग्निप्रसाद निरौला (८३ बर्ष), भगिरथ निरौला(८३ बर्ष) रहनु भएको छ । त्यस्तै चन्द्रमाया निरौला (८२ बर्ष), मेनुका निरौला (८२ बर्ष), हरिमाया निरौला (८१ बर्ष), धनमाया निरौला (८१ बर्ष) र दुर्गामाया निरौला (८० बर्ष) रहनु भएको छ ।
निरौला बन्धु सेवा समाजका केन्द्रीय महासचिव इन्द्रप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले अध्यक्ष तुलशी प्रसाद निरौलाले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिष्णुप्रसाद निरौलाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ ।
साधारण सभाले निरौला बन्धु सेवा समाज मेचीनगरलाई निरौला बन्धु प्रतिष्ठान मेचीनगरमा रुपान्तरण गरी त्यसको विधान निर्माण गरी जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गर्ने निर्णय समेत गरेको समाजका सचिव चन्द्रप्रसाद निरौलाले जानकारी दिनुभयो ।
सचिव निरौलाले दिएको जानकारी अनुसार साधारण सभाले हेमेन्द्र निरौलाको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा ज्ञानेन्द्र निरौला, शान्ता निरौला, बिष्णुप्रसाद निरौला र सञ्जय निरौला रहनु भएको छ । समितिले १५ दिन भित्रमा विधान तयार गरि कार्यसमितिमा बुझाउनु पर्ने सचिव चन्द्रप्रसाद निरौलाले बताउनु भयो ।
साधारण सभामा प्रमुख अतिथि इन्द्रप्रसाद निरौला, मेचीनगर वडा नंं ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, निरौला बन्धु समाज झापाका अध्यक्ष डम्बर बहादुर निरौला, केन्द्रीय सदस्य ऋषिप्रसाद निरौला, सल्लाहाकार ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बन्धु समाज मेचीनगरका उपाध्यक्ष रमेशराज निरौलाले स्वागत मन्तव्य राख्नु भएको साधारण सभा सचिव चन्द्रप्रसाद निरौलाको सञ्चालनमा सम्पन्न भएको थियो । मेचीनगर क्षेत्रमा मात्रै करीब ३ सय घर निरौला परिवार रहेको समाजले जनाएको छ ।