धुलाबारी, पुस २९ । मेचीनगर लेडी जेसीज वर्ष २०२४ को अध्यक्षका रुपमा पवित्रा विमली प्रसाईले शनिबारबाट पदभार ग्रहण गर्नु भएको छ । धुलाबारीमा आयोजित पदहस्तान्तरण समारोहकाबीच मेचीनगर लेडी जेसीजकी सन २०२३ की अध्यक्ष रश्मी थापाको गलामा रहेको जेसीज चेन सन २०२४ का लागि अध्यक्षमा निर्वाचित हुनु भएकी पवित्राले गलामा लगाउँदै अध्यक्षको पदभार विधिवत रुपमा ग्रहण गर्नु भएको हो ।
लेडीज जेसीजसका पुर्व अध्यक्षहरुले सामुहिक रुपमा थापाको गलामा भएको जेसीज चेन प्रसाईको गलामा लगाएर पदभार ग्रहण गराउनु भएको थियो । मेचीनगर लेडी जेसीजको सन २०२४ का लागि कार्यकारी उपाध्यक्ष एलिसा बुढाथोकी र सकुन्तला खतिवडा, उपाध्यक्षहरु शर्मिला तिम्सिना, उर्मिला पौडेल, सुनिता कोइराला र लक्ष्मी कोईराला निर्वाचित हुनु भएको छ भने अध्यक्ष प्रसाईले महासचिवमा रेजिना श्रेष्ठ, कोषाध्यक्ष बबिता प्रसाई र कानूनी सल्लाहाकारमा सिता पुरीलाई मनोनित गर्नु भएको छ । निर्वाचित र मनोनितसबैलाई अध्यक्ष प्रसाईले सपथ ग्रहण समेत गराउनु भएको छ ।
पदहस्तान्तरण समारोहका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेल, विशिष्ट अतिथिहरु पूर्व अध्यक्ष फुलकुमार मारवनी, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्षमा भिमबहादुर कुँवर, वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, धुलाबारी जेसीजका अध्यक्ष योगेश राजबंशी, मेचीनगर लेडी जेसीजकी संस्थाका संस्थापक अध्यक्ष कविता शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।
सोही अवसरमा यसवर्षको ‘जयन्ती बराल स्मृति पुरस्कार तथा सम्मान’ मेचीनगर लेडी जेसीजका शर्मिला तिम्सिनालाई प्रदान गरिएको छ । यसैगरी संस्थाका संस्थापक अध्यक्ष कविता शर्माले आफ्नी दिंवगत सासुआमा सावित्रा र ससुराबुवा परशुराम शर्माको नाममा स्थापना गर्नुभएको पुरस्कार र सम्मान लक्ष्मी कोईरालालाई प्रदान गर्नुभयो ।
पदहस्तान्तरण समारोहको पहिलो चरणको अध्यक्षता मेचीनगर लेडी जेसीज वर्ष २०२३ का अध्यक्ष रश्मी थापाले गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम नवनिर्वाचित अध्यक्ष प्रसाईले अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत कार्यक्रम संयोजक सुष्मा राजवंशीले र सञ्चालन महासचिव सविता पोखरेलले गर्नु भएको थियो । त्यस्तै दोस्रो चरणको अध्यक्षता वर्ष २०२४ की अध्यक्ष प्रसाईले गर्नु भएको थियो भने सन २०२४ की महासचिव रेजिना श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।