झापा, पुस १० । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको झापा अध्यक्षमा विनोद सापकोटा चयन हुनु भएको छ । महासंघको सोमबार सम्पन्न जिल्ला अधिवेशनले दुई बर्षे कार्यकालका लागि सापकोटालाई अध्यक्षमा चयन गरेको हो । यस अघि उपाध्यक्ष रहुन भएका सापकोटा १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसायसंगै पत्रकारिता पेसामा पनि क्रियाशील हुनुहुन्छ ।
झापाको कनकाईस्थित धनुषकोटी धाममा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, उपाध्यक्षद्वयमा खगेन्द्र गौतम र खगेन्द्र सुवेदी, सचिवमा चन्द्र घिमिरे, सहसचिवमा निर्मला भण्डारी र कोषाध्यक्षमा दीपक खतिवडालाई चयन गरेको छ । यस्तै सदस्यहरूमा सन्तोष बुढाथोकी, रोशन श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, नन्दिकेशर घिमिरे, मनकुमार चौलागाई, जीवन सुवेदी र तीर्थ काफ्लेलाई चयन गरेको छ । यसअघिको उद्घाटन सत्र सञ्जय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष संजीव सत्यालले पुस्तक तथा स्टेशनरीको व्यापार सम्मानित र शिक्षित वर्गको व्यवसाय भएको बताउनु भयो । ‘अन्य व्यापार व्यवसायको भन्दा पुस्तक तथा स्टेशनरीको व्यवसाय पृथक छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेशका उपाध्यक्ष जीवन नेपाल, पूर्व केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटी, पूर्व झापा अध्यक्ष समेत रहेका अधिवक्ता फणिन्द्र न्यौपानेलगायतले आ–आफ्ना धारणा राखेका थिए । संघको सांगठनिक प्रतिवेदन संजय सापकोटाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्र घिमिरेले प्रस्तुत गर्नु भएको थियो । विनोद सापकोटाले स्वागत मन्तव्य गरेको कार्यक्रम सहसचिव दीपक खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो ।