काँकरभिट्टा ।
विश्व दुष्टि दिवसको अवसरमा झापाको काकरभिट्टास्थीत मेची नेत्रालय आँखा अस्पतालले आयोजना गरेको अनलाईन चित्रकला प्रतियोगिताको उपाधि इष्ट होराईजन अग्रेजी मावि धुलावारीका अभिषेख प्रधानले जित्नु भएको छ । प्रतियोगिताका विजेता प्रधानले नगद रु ५ हजार र प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।
त्यस्तैै नर्थ प्वाइन्ट अग्रेजी मावि काँकरभिट्टाका बिरुना राईले दोस्रो र धुलावारी माविका सहनवाज अलिले तेस्रो स्थान हासिल गर्दै क्रमश नगद रु ३ हजार र रु २ हजार तथा प्रमाण पत्र प्राप्त गरेका छन ।
भिजन २०२० दृष्टिमा आशा भन्ने बिषय केन्द्रीत गरेर आयोजना गरिएको प्रतियोगिताका विजेतालाई निर्णायक रिडर्स झापाका अध्यक्ष एवं लेखक उज्वल प्रसाईं, देही आर्टका निर्देशक छितेन शेर्पा र मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा शरदचन्द्र प्रकाश राईले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
अस्पतालको सभाकक्षमा सम्पन्न पुरस्कार बितरण कार्यक्रममा लक डाउनका कारण प्रत्यक्षरुपमा कार्यक्रम सञ्चालन गर्ने अवस्था नभएका कारण अनलाईनमार्फत विद्यार्थीहरु लक्षित प्रतियोगिताको आयोजना गरिएको मेची नेत्रालयकी प्रमुख प्रशासक पुनम प्रधानले बताउनु भयो । प्रतियोगितामा मेचीनगर भरिका विभिन्न विद्यालयका २१ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
फेसबुकमार्फत गरिएको शेयर, लाईक र निर्णायकको निर्णयको आधारमा प्रतियोगिहरुको मुल्यांकन गरिएको निणार्यक एवं अस्पतालका मेडिकल डाइरेक्टर डा राईले जानकारी दिनु भयो ।
कोरोनाका प्रभावका बिच समेत उत्साहजनक सहभागीता जनाएका विभिन्न विद्यालयका बिद्यार्थीहरु, अभिभावक र बिद्यालय परिवकारको सहयोगले मात्रै प्रतियोतिगा सफल भएको मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा राईले बताउनु भयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका सामाजिक गतिविधिहरु अस्पतालले आगामी दिनमा समेत निरन्तरता दिइने प्रशासक प्रधानले बताउनु भयो ।