झापा, मंसिर २६ । बरिष्ठ मानव अधिकारवादी नेता कृष्ण पहाडीले राजनितिक दलका मुख्य नेताहरू नै भ्रष्ट भएका कारण नागरिकमा आक्राेस पलाएकाे बताउनु भएकाे छ ।
मानव अधिकार तथा शान्ति समाज झापाले साेमबार बिर्तामाेडमा आयाेजना गरेकाे `लाेकतन्त्रकाे प्राण: सुशासन र सदभाव´ बिषयक नागरिक संवाद कार्यक्रममा बाेल्दै पहाडीले लाेकतन्त्र प्राप्तिकाे आन्दाेलनकाे आगुवाई गरेका राजनितिक दलहरूले मुल्य मान्यता बिर्सेर भ्रष्टचारमा लिप्त भएकाले आम नागरिकमा निरासा पैदा भएकाे बताउनु भयाे । `व्यवस्थाकाे हाेईन नेताकाे बिकल्प नागरिकले खाेजेका छन´ पहाडीले भन्नु भयाे, `मुख्य दलका केही नेताका कारण लाेकतन्त्र बिराेधी शक्तिहरूले माैकाकाे फाईदा लिन खाेजेका छन ।´
उहाँले तत्काल लाेकतान्त्रिक गणतन्त्रमाथिनै खतरा नभएकाे बताउनु भयाे । तर लाेकतन्त्रका बिराेधीहरूले धार्मिक हिंसा भड्काउन खाेजिरहेकाले त्यस तर्फ भने सचेत हुनु पर्ने पहाडीले बताउनु भयाे ।
उहाँले प्रदेश नामाकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचानबादी शक्तिहरुलाई बहिष्कार र हिंसाको बाटो त्याग्न आह्वान गर्नुभयो । हिंसा र बहिष्कारको बाटो अपनाएमा पहिचानविरोधीलाई नै फाइदा पुग्ने उहाँले चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस झापाका सचिव कृष्ण हुमागाईले गलत मानिसहरूले लाेकतन्त्र मास्ने प्रयास गरेकाे भए पनि त्याे सम्भव नहुने बताउनु भयाे । दलकाे बिकल्प दल नै हुने भन्दै हुमागाईले निरकुंश शासन नागरिकले अब नस्विकार्ने पनि बताउनु भयाे ।
नेकपा एमाले झापाका सचिव शिव ढुंगेलले राजनितिक दलले गरेका कमजाेरी सच्याएर अघि बढनु पर्ने बताउनु पर्ने बताउनु भयाे । गणतन्त्रलाई खतरा हुने अवस्था आए आम नागरिक सडकमा आउने र गणतन्त्रकाे रक्षा गर्ने ढुंगेलले बताउनु भयाे ।
मानव अधिकार तथा शान्ति समाज झापाकी सभापति शुशिला रिजालकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा रूपक खनाल, पवित्रा बिमली खरेल, राधा सुब्बा, उमा शिवाकाेटी, शिखा खड्का गणेश, माेहन काजी, एकराज गिरी, लिला अनमाेल, सुब्रत न्याैपाने, तेजप्रसाद चाैलागाइ, पाण्डवलाल चाैधरी, टिकेन्द्र ढकाल, महेन्द्र बिलास लुईटेल लगायतले विभिन्न बिषयमा जिज्ञासा र धारणा व्यक्त गर्नु भएकाे थियाे ।
नागरिक संवाद कार्यक्रमबाट तीन बुँदे ‘नागरिक संकल्प’ पारित भएको थियो । संकल्पको बुँदाहरुमा भ्रष्टाचार र दण्डहिनता अन्त्य गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको सुशासन कायम गरिनुपर्ने, मानव अधिकारको हनन र सामाजिक सद्भावमाथिको प्रहार क्षम्य नहुने र पहिचानको विषयलाई लिएर उठेको आन्दोलनलाई संवादबाटै समाधान गर्न सहमति हेतु अब नागरिक समाजले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ । समाजका केन्द्रिय सदस्य ज्ञानेन्द्र निराैलाले नागरिक संकल्प वाचन गर्नु भएकाे थियाे ।
शान्ति समाज झापाका उपसभापति प्रकाश दाहालले स्वागत मन्तव्य राख्नु भएकाे कार्यक्रम रमेशकुमार दाहालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।