मेचीनगर,मसिंर २४ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापनको अवसर पारेर मेचीनगरमा “ नेपालमा महिलावादी आन्दोलन तथा यसका आयामहरू“ नामक पुस्तक विमोचन गरिएको छ ।
महिला जनचेतना केन्द्र मेचीनगर –६ काँकडभिट्टाले आज एक समारोहका बिच पुस्तक विमोचन गरेको हो । मणिकुमार लिम्बु र दिलप्रसाद मगरले संयुक्तरूपमा लेख्नु भएको पुस्तकको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले विमोचन गर्नुभएको छ ।
तीनवटा खण्डमा रहेको ९४ पृष्ठको पुस्तकमा खण्ड १ मा महिलावादी आन्दोलनको पृष्ठभूमि , खण्ड २ मा नेपालमा महिलावादी आन्दोलन र खण्ड ३ मा नेपालको संघीयतामा महिला अधिकारलाई समेटिएको छ ।
आयोजक संस्थाका अध्यक्ष सीता गुरूङको सभापतित्वमा भएको कार्यक्रममा मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत,मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल,उपभोत्ता जागरण अभियान मेचीनगर अध्यक्ष रचना घिमिरे,साहित्कार तथा शिक्षासेवी मिरा पोखरेल, इलाका प्रहरी कार्यलय महिला सेलकि प्रहरी हवल्दार गौरी श्रेष्ठ ,पत्रकार अम्बिका भण्डारी,पुस्तकका लेखक मणिकुमार लिम्बु लगायतले मन्त्वय राख्नुभएको थियो ।
पुस्तक विमोचनको कार्यक्रम पछि लैगिंक हिंसाको बिषयमा अन्तरक्रिया पनि सम्पन्न भएको छ । संस्थाका कार्यकारी निर्देशक राधा प्रधानले महिला हिसांसंग जोडिएका केही घटनाहरु सुनाउदै महिला,किशोरी तथा बालिकाहरु घरभित्रनै पनि असुरक्षित अवस्थामा रहेको बताउनुभयो । हिंसामा परेकाहरुको सहयोगमा समाज,प्रहरी प्रशासन, स्थानिय तह लगायत सम्पुर्ण क्षेत्रबाट प्रभावकारी कदम चालिनुपर्नेमामा उहाँले जोड दिनुभयो ।
आयोजक संस्थाका सदस्य लक्ष्मी प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य रेजिना श्रेष्ठले गर्नुभएको थियो ।