प्रेमिका लाई केही गर्दिन भनेर डेटिङ बोलाउने मख्ख पार्ने भबिष्यको कुरा गरेर अनि लास्टमा यौन सम्पर्क गरेर छोड्ने जस्ता काम गर्नु पनि बलात्कार नै हो अनि अर्को सामानान्तर र सरल यौन शिक्षा जब सम्म प्रयोगमा आउदैन तब सम्म यस्ता घटनाहरु समाजमा घटिनै रहन्छन । जसरी गाँस, बाँस र कपास मानिसका नभै नहुने आधारभुत कुरा भए त्यसरी नै यौन लाई पनि आधारभुत कुरा मान्न थालिएको छ ।
आधारभुत कुराको बारेमा पुर्ण जानकारी नभएसम्म आधारभुत आवश्यकता परिपुर्ती गर्नका लागि मानिसले आफ्नो परिवार समाज कोहि नभनी यौन कार्यका लागि जबर्जस्ति गर्दछ फलस्वरुप बलात्कारका घटना बढिरहेका हुन्छ्न । अर्को कुरा सुरक्षित यौनको कुरा आउँछ जसमा परिवार तथा समाज परिमार्जित आधुनिकता तिर जान नसक्नु र पुर्ण अन्धबिश्वास तथा सस्कार भनेर यौन बारे खुलेर कुरा नगर्ने आफ्ना सन्तान यौन शिक्षा लिन खोज्दैछन भने हप्काउने कराउने डर देखाउने गर्दछ्न जसले गर्दा आधारभुत आवश्यकता भित्रको यौन प्यास मेट्नका निम्ति सहमती बिना नै बलात्कारका घटना घट्ने तथा सहमती मै भए पनि पछि गएर आत्महत्या प्रयास तथा आत्महत्याका घटना निम्त्याउने जस्ता समस्या आइरहन्छन् ।
अर्को कुरा आउँछ बिद्यालयमा यौन शिक्षाको शिक्षण प्रणाली स् सुरुवाती चरणमा हरेक कुराहरु कठिन नै हुन्छन त्यस्तै मध्य एक हो एउटा शिक्षक द्वारा छात्र र छात्रा लाई एउटै ठाउमा शिक्षण गराउने । एउटा शिक्षकले छात्रा लाई यौन शिक्षा दिदा छात्राहरु लजाउने हुन्छन जसले गर्दा खुलेर यौन स्वास्थ्यको बारेमा छलफल हुन सक्दैन त्यस्तै शिक्षिका द्वारा छात्रहरुलाइ खुलेर यौन स्वास्थ्यको बारेमा छलफल गर्न कठिन अवस्था आउनु नै यौन शिक्षा को बिकाश हुन नसक्नु हो । एकै ठाउमा यौन शिक्षा पढाउने र अर्धज्ञानले खराब बाटो तिर धकेल्न सहयोग पुगिरहेक्क हुन्छ । अर्को कुरा यौन शिक्षाको कुरा गरिरहदा यो सँग सम्बन्धित आउने कुरा के हो भने समाज साथिभाइ परिवार या शिक्षकबाट निस्कने एउटै कुरा हो अस्लिलता । तर किन ? शिक्षकहरुले बिद्यालयमा खुलेर यौन शिक्षा र अस्लिलता को फरक छुट्यैइदिने हो भने पनि यौन शिक्षामा धेरै सहयोग पुग्दछ ।
यौन शिक्षा र अस्लिलतामा आकास पातलको फरक छ, नेपालीहरु यौन शिक्षालाइ पनि अस्लिल मान्ने गर्छन, लजाउने सर्माउने गर्छन किनकी हाम्रो मनोबिज्ञान संकुचित अनि समाज अन्धबिस्वासमा छ । यौन शिक्षा नारीपुरुष सबैलाइ जरुरी हुन्छ,उचित गर्भधारण तथा अन्य शारीरिक कृयाकलापको राम्रो ज्ञान हुन जरुरी छ । बलात्कारका घटना जोडिएको पछिल्लो दिनमा घटेका घटना मध्य एक हो फेसबूक लाइभ गरेर आत्महत्या । यसको कुरा के छ भने यो हावा दारी ग्रुपहरु बाट यदि कुनै केटा वा केटीले डिजिटल क्यामेरा बाट फोटो खिचेर या सम्पादन गरेर फोटो फेसबूकमा अपलोड गर्यो, गरि अनि आउछन दुनिया भरिको कमेन्ट गर्ने केटा केटीहरु मलाइ तिमी मन परेउ, तिमी मेरो क्रस हौ, इन्बक्स मा हेर ल मेसेज गरेको छु, req acpt गर ल , तिमी लाई धेरै माया गर्छु, मामु ज्वाइ बुहारी भेटियो यस्तै हावादारी यति तारिफ गर्दिएसी त यसै मख्ख परिहाल्ने भै हाले अनि रात भर त्यो केटा केटी को बारेमा अनेकौ थरिका कुरा खेलाउन थाली हाल्छन नभन्दै अर्को दिन उसले req acpt गर्यो, या गरि लौ अब सुरु भयो मेरो प्रेम कहानी हरेक non mature को सोचाइ हो यो तर mature भै सकेको मान्छे हरु भने खासै त्यता तिर लागेको देखिदैन ।
बिस्तारै बोल्दै जान्छन, कुरा अघि बढदै जान्छ, अनि एक अर्का सङ अत्ति नजिक (close) भै सक्छन, नभन्दै अर्को दिन प्रेम प्रस्ताव गरिहाल्छन यति दिन बोलिसके पछि त यसले कसो स्वीकार नगर्ला मलाई उसले पनि आहा यता उति भन्दै म पनि तिमिलाइ माया गर्छु भन्छन् खुसी हुदै एक अर्को लाई अङालो मारी हाल्छन, बिस्तारै कुरो आउँछ भेटघाट को भेटघाट गर्छन र भेटघाटमा मा कुरो आउँछ यौन सम्पर्क ृसेक्से को यौन नभै नहुने कुरा हो, तर माया प्रेम को सम्बन्ध मा बस्यो भन्दैमा यौन सम्पर्क नै गरि हाल्नु जरुरि ठान्दैनन कसैले, सम्बन्धमा त एक अर्काको हेरचाह अनि एक अर्का को दुख, जिन्दगी को सपना देख्न थाल्छन कोइ यौन सम्पर्क गर्न नमाने पछि, चाहे त्यो केटा होस या केटी जबर्जस्ति गर्न थाल्छन त्यसपछी त्यो सम्बन्ध पुग्छ तँ साले साली यौन कै लागि सम्बन्धमा बस्ने आज बाट तेरो बाटो अलग मेरो बाटो अलग अनि सम्बन्ध लाई यौन सँगै सक्काएर सामाजिक सन्जालमा स्टाटस लेख्छन सबै केटा र सबै केटि एउटै हुन (all boys/girls are same) अनि सम्बन्ध सक्किसकेको हुन्छ यता महिलाको महिनावारी रोकिए पछि होस आउँछ आफू गर्भवती भएको कुरा ।
एउटा कुरा के हो भने, हामि धेरैको बानी कोइ एक दुई दिन मस्केर बोल्यो भन्दैमा उ प्रती attract भै हाल्छौ, अनि यहि attraction लाई love सोच्छौ , अनि यस्ले नै जिन्दगी डुबाइदिन्छ त्यसपछी घरपरिवारको इज्जत सम्झन्छौँ आफ्नो इज्जत समाजको र परिवारको डर सम्झिएर डिप्रेसन हुने अवस्था आइपुग्छ समाधानको एउटौ उपाय आउँछ आत्महत्या अनि सोच्छौँ लाइभ बसेर आत्महत्या गर्दा उसले नि देखोस न भनेर सामाजिक सन्जालमा लाइभ बसेर सजिल्यै प्राण त्याग गर्दछन । एकबारको जीवन हो , सोचेर जिउनुस फेरि फर्किएर आउने वाला छैन जिन्दगी ।
#आत्महत्यासमाधानहैन
#यौनशिक्षाब्यवस्थितहोस
#बलात्कारीलाइकडासजायहोस