विश्व कप क्रिकेट प्रतियोगिता २०२३ को फाईनल खेल मंसिर ३ गते आईतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा आयोजक भारत र अष्ट्रेलिया बिच हुदैछ । एक लाख ३२ हजार दर्शक क्षमता भएको उक्त क्रिकेट स्टेडियम विश्वको सबैभन्दा ठुलो मानिन्छ । यस स्टेडियममा अहिलेसम्मको दर्शकको उपस्थिति को रेकर्ड हेर्ने हो भने २०२२ को आई पि एल को फाईनल खेल जुन राजिस्थान रोयल्स र गुजरात टाइटन्स बिच खेलिएको थियो , जसमा एक लाख एक हजार पाँच सय छैसठ्ठी रहेको छ । अब विश्वकपको फाइनलमा पक्कै पनि यो भन्दा धेरै दर्शकको उपस्थिति रहनेछ किनकि यो विश्व स्तरिय प्रतियोगिता त्यसमा पनि आयोजक भारत नै फाइनल खेल्दैछ । नेपाली समयानुसार आईतबार दिउँसो सवा दुई बजे शुरु हुने उक्त खेलमा कसले बाजि मार्ने हो अहिले नै अनुमान लगाई हाल्नु अलिक हतार होला ।
तेर्हौ संस्करणको यो प्रतियोगिताको फाईनमा पुग्ने यी दुवै राष्ट्र विश्व क्रिकेट जगतमा महारथि मानिन्छन् । एका तर्फ हालसम्म सात पटक फाईनलको अनुभव बटुल्दै पाँच पटकको विश्व विजेता अष्ट्रेलिया अर्को तर्फ तीन पटक फाईनल पुगेर दुई पटक उपाधि उचाल्न सफल अझ यस पटक अपराजित रहदै फाईनल प्रवेस गरेको भारत । सन् १९७५ को पहिलो विश्वकपमा नै फाईनल पुगेर आयोजक वेष्टईन्डिजसँग पराजित अष्ट्रेलिया , दोस्रो पटक १९८७ मा भारतको कोलकत्तामा भएको फाईनलमा मात्र पुगेन उसले ईङ्लेण्डलाई हराउदै पहिलो पटक उपाधि जितेको थियो । पुन १९९६ मा फाईनल प्रवेश गरेको अष्ट्रेलियालाई सह आयोजक श्रीलंकाले हराएको थियो तर त्यस पछिका लगातार तीन वटा विश्व कपको फाईनल पुग्न अष्ट्रेलियालाई कसैले रोक्न सकेन साथै उपाधि उचाल्न पनि अर्थात सन् १९९९, २००३ र २००७ को विश्व कपमा दक्षिण एसियाली राष्ट्रहरु क्रमश पाकिस्तान , भारत र श्रीलंकालाई हराएर उसले ह्याटि्रक गरेको थियो । त्यस पछि सन्२०१५ मा उसले फाईनलमा न्युजिल्यान्डलाई हराउँदै पाँचौ पटक उपाधि उचालेको थियो । त्यसैले आठौं पटक फाईनल पुगेको अष्ट्रेलिया यस पटक पनि उपाधि उचाल्ने दाउमा रहनेछ ।
उता १९८३ मा पहिलो पटक फाईनल प्रवेश सँगै विश्वकपको उपाधि चुमेको भारत २००३ मा अष्ट्रेलियासँगको फाईनल हारको बदला लिदै तेस्रो पटक उपाधि उचाल्न चाहन्छ । उसले यस अघि सन् २०११ मा श्रीलंकालाई हराउदै दोस्रो पटक उपाधि जितेको थियो । स्मरण रहोस सन् २००३ को विश्व कपको सहआयोजक तथा एसोसिएट राष्ट्र केन्यासँग सेमिफाईनल जितेर फाईनल प्रवेस गरेको भारतले उक्त संस्करणको अपराजित रहेको अष्ट्रेलियासँग समूह चरणमा ९ विकेटले हारेको थियो भने फाईनलमा पनि १२५ रनको विशाल अन्तरले पराजित भएको थियो तर त्यसको विपरित यस संस्करणमा अपराजित रहेको छ भारत र उसले लिग चरणमा फाइनलको प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।
यस पटक गृह मैदानमा खेल्दै गरेको भारतका सबै खेलाडीहरु अहिलेसम्मको खेल हेर्दा शुरु देखि नै उत्कृष्ट लयमा देखिएका छन । जसमा यस प्रतियोगिता कै सर्वाधिक रन कर्ता विराट कोहलि हुन वा कप्तान रोहित शर्मा , ओपनर शुभमन गिल हुन वा विकेट किपर के एल राहुल र दुई शतक हानिसकेका श्रेयस ऐयर नै किन नहुन यी सबैले यस संस्करणमा व्याक्तिगत तीन सय भन्दा माथि रन बनाएकाछन । उता बलिङ तर्फको कुरा गर्ने हो भने सेमिफाईनलमा एक्लै सात विकेट लिदै यस प्रतियोगितामा सर्वाधिक २३ विकेट लिने मोहमद शामिलाई साथ दिदै १८ विकेट लिने जसप्रित बुमराह र १६ विकेट लिइसकेका रविन्द्र जडेजा साथमा मोहमद सिराज पनि अष्ट्रेलियाको लागि उपाधि उचाल्न बाधक बन्न सक्नेछन ।
उता यस संस्करणमा शुरुवातमा त्यति लयमा नदेखिए पनि प्रतियोगिता अगाडि बढ्दै जाँदा आफ्ना अनुभवि खेलाडीको साथमा फाईनलसम्मको यात्रा तय गर्न सफल भएको छ अष्ट्रेलिया । उ सँग यो संस्करणमा भारतलाई पन्छाएर छैठौं पटक उपाधि उचाल्नका लागि उत्कृष्ट स्ट्राइक रेट का साथ रन बनाउदै आएका ब्याटस्म्यानहरु छन जसमा २०१ रनको नटआउट इनिङ खेलेका ग्लेन म्याक्सवेल, १७७ रनको नटआउट इनिङ खेलेका मिचेल मार्स, १६३ रनको इनिङ खेलेका डेभिड वार्नर, छन भने २२ विकेटका साथमा सर्वाधिक विकेट लिने खेलाडी को दौडमा दोस्रो स्थानमा रहेका एडम जाम्पाको साथमा पेट क्युमिन्स, मिचेल मार्स, जोस हेजलवुड जस्ता उत्कृष्ट बलरहरु पनि रहेका छन ।
ईतिहास र वर्तमानको तथ्यांक जे भए पनि जेन्टलमेन खेल भनेर चिनेने क्रिकेटको विश्व प्रतियोगिताको तेर्हौ संस्करणको उपाधि उचाल्न यी दुवै राष्ट्रका खेलाडी मैदानमा हरतरहले उत्कृष्ट खेल्ने कोशिसमा रहनेछन।