हाल संचालन भइरहेको विश्व कप क्रिकेट प्रतियोगिता २०२३ को गए राति सम्पन्न पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउदै आयोजक भारत फाइनल प्रवेस गरेको छ । लिग चरणबाट नै लगातर उत्कृष्ट खेल प्रदर्शन गर्दै अपराजित रहेको भारतले आफुलाई विजेताको होडमा बलियो दावेदारको रुपमा प्रस्तुत गरेको छ । मुम्बईको वानखाडे स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतले बिराट कोहोलिको ऐतिहासिक पचासौं शतक का साथै श्रेयस ऐयरको पनि शतकको मद्दतबाट ३९७ रन बनाउदै न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । जवाफि ब्याटिङ गरेको न्युजिल्यान्डल ३२७ रनमा अलआउट भयो । भारतको जितमा उसकोतिब्र गतिका बलर मोहमद शामिको उत्कृष्ट ७ विकेट सहितको प्रदर्शन सम्झन योग्य रहेको थियो ।
यश जितका साथमा भारत १२ बर्ष पछि फेरि एक पटक फाईनल प्रवेस गरेको हो ।२०१९ को विश्व कपको सेमिफाईनलमा यी दुई राष्ट्र एकअर्कामा भिडेका थिए जसमा आजको ठिक विपरित नतिजा आएको थियो । अब भारतले आज हुने दोश्रो सेमिफाईनलको विजेतासँग आगामी आईतवार हुने फाईनलमा प्रतिस्पर्धा गर्नेछ । आज कलकत्ताको ईडेनगार्डेन क्रिकेट स्टेडियममा ५ पटकको विश्व विजेता अष्ट्रेलिया , विश्व कपमा अभागी टिम भनेर चिनिने दक्षिण अफ्रिकासँग भिड्दै छ । यश संस्करणको लिग चरणका जम्मा ९ खेलमा २/२ वटा खेल हारेर १४/१४ अंक सहित नेट रन रेटका आधारमा दक्षिण अफ्रिका दोश्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहदै सेमिफाइनल प्रवेस गरेका हुन । लिग चरणमा भारतसँग ६ विकेटले हारेको अष्ट्रेलिया सेमिफाइनलको प्रतिस्पर्धि दक्षिण अफ्रिकासँग १३४ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
उता यस प्रतियोगिता कै अप्रत्याशित नतिजा व्यहोरेको दक्षिण अफ्रिका कमजोर मानिएको टिम नेदरल्यान्डस् सँग ३८ रनले पराजित भएको थियो । त्यस्तै उसले भारतसँग अझ अप्रत्याशित नतिजा सहित हार व्यहोर्नुपरेको थियो अर्थात भारतले दिएको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा मात्र ८३ रन बनाउदै २४३ रनको विशाल अन्तरबाट हारेको थियो । लिग चरणमा जे भए पनि आज यी दुवै टिम ती सबै विर्सिएर सेमिफाइनलमा जित निकाल्ने दाउमा हुनेछन ।
पाँच पटकको विश्व विजेता अष्ट्रेलियाका लागि यश विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडिको सुचिमा ४९९ रन बनाएर पाँचौ स्थानमा रहेका डेभिड वार्नर, विश्व कपमा दोहोरो शतकको रेकर्ड बनाउन सफल ग्लेन म्याक्सवेल, यसै संस्करणमा दुईवटा शतक हानिसकेका मिचेल मार्सका साथै एक शतक हानि सकेका टिम हेड जस्ता उत्कृष्ट लयमा रहेका ब्याटस्म्यानहरु रहेकाछन । यसैगरी सर्वाधिक विकेट लिने खेलाडिको सुचिमा २२ विकेटका साथ मोहम्मद सामी पछि दोस्रो स्थानमा रहेका एडम जाम्पा जस्ता खेलाडि पनि अष्ट्रेलियाका लागि आजको खेलमा महत्त्वपूर्ण रहनेछन् । उता दक्षिण अफ्रिकाको कुरा गर्ने हो भने सदाबाहार उत्कृष्ट लयमा रहदै विश्व कपमा सहभागी हुने यो टिमले आजसम्म विश्व कपको ट्रफि भने उचाल्न पाएको छैन ।
यश संसकरणमा पनि उत्कृष्ट लयमा नै रहेको दक्षिण अफ्रिकी टिममा सर्वाधिक रन वनाउने खेलाडीको होडमा ४ वटा शतकका साथमा कुल ५९१ रन सहित दोश्रो स्थानमा रहेका क्विन्टन डि कक, यसै संस्करणमा २ वटा शतक हानिसकेका वान देर दुसेर, तिनवटा अर्ध शतक हानिसकेका अदेन मेक्रम जस्ता उत्कृष्ट लयमा रहेका ब्याट्समेनका साथमा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा १८ विकेट सहित तेस्रो नम्बरमा रहेका गेराल्ड कोत्से, १७ विकेट लिदै चौथो स्थानमा रहेका मार्को जनसेन जस्ता उत्कृष्ट खेलाडीहरु रहेकाछन । यसरी खेलाडीहरुको प्रदर्शनको तथ्यांकलाई मात्र विश्लेषण गर्दा यी दुई टिममा कसले आजको खेलमा बाजि मार्ने हो भन्न पक्कै पनि गार्हो होला तर यो भने अनुमान लगाउन सकिने छ कि आज मैदानमा जस्ले उत्कृष्ट खेल पस्कन सफल रहन्छ उसैले बाजि मार्ने छ ।
विराट कोहलीको किर्तिमानी शतक, तोडियो सचिनको रेकर्ड
विश्वकपको सेमिफाइनलमा ५०औं शतक बनाउँदै विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन्। मुम्बईको वाङ्खेडे क्रिकेट रंगशालामा उनले न्युजिल्यान्डविरुद्धको खेलमा ५०औं ओडीआई शतक बनाएका हुन्। ११३ बल खेलका कोहलीले ९ चौका र २ छक्कासहित शतक प्रहार गरे। जारी विश्वकपमा उनको यो तेस्रो शतक हो। सचिनले ओडीआईतर्फ ४९ शतक बनाएका छन्। कोहीलीले गत आइतबार आफ्नो ३५औं जन्मदनिको अवसरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दै सचिनसँग बराबरी गरेका थिए। यससँगै जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीमा पनि पहिलो नम्बरमा कोहली रहेका छन्।