प्रत्येक ४/४ वर्षमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको तेह्रौ संस्करण हाल भारतमा चलिरहेको छ जुन अन्तिम चरणमा पुगेकोछ । अर्थात आज र भोलि सेमिफाइनलका दुई खेलहरु हुदैछन । आज दुई पटकको विश्व विजेता भारत र यस अघि लगातार दुई पटक सेमिफाईनल पुगेर पनि उपाधि जित्न असफल न्युजिल्यान्ड बिच खेल हुदैछ भने भोलि पाँच पटकको विश्व विजेता अष्ट्रेलिया र विश्व कपमा सधै उत्कृष्ट लयमा रहदै अहिले सम्म पनि फाईनल पुग्न नसकेको अभागि टिम दक्षिण अफ्रिका विच खेल हुनेछ । यी दुई खेलका विजेता यस संस्करणको उपाधिका लागि फाईनलमा भिड्नेछन् ।
आजको पहिलो सेमिफाईनलमा लिग चरणमा खेलिएका सबै नौ खेलमा अपराजित रहदै आएको भारत बाह्रौं संस्करणको सेमिफाइनलमा नै हारेको बदला चुकाउन मुम्बईको वानखाडे स्टेडियममा न्युजिल्यान्ड विरुद्ध सशक्त रुपमा उत्रन तयारीमा छ । लिग चरणमा खेलेका नौ खेल मध्ये ५ मा जित र ४ मा हार निकालेर चौथो स्थानमा रहदै सेमिफाइनल पुगेको न्युजिल्यान्ड पनि पुन भारतलाई हराउदै ईतिहास दोहार्याउने दाउमा हुनेछ । यसै संस्करणको लिग चरणमा भारतसँग ४ विकेटले हारेको न्युजिल्यान्डको लागि उसका अलराउण्डर खेलाडी रचिन रविन्द्र, मिचेल सेन्टनर त्यस्तै ब्याट्सम्यान डेभन कनवे, केन विलियम्सन तथा बलर ट्रेन्ट बोल्टको प्रदर्शन अति नै महत्वपुर्ण रहनेछ ।
हाल सबैभन्दा धेरै रन बनाउने खेलाडीको सुचिमा कुल ५९४ रन बनाएर भारतका विराट कोहलि र दक्षिण अफ्रिकाका क्विन्टन डि कक पछि तेस्रो स्थानमा रहेका अलराउण्डर रचिन रविन्द्रको खातामा ५ विकेट पनि रहेको छ । त्यस्तै कुल १६ विकेट लिएका मिचेल स्यान्टनर पनि सर्वाधिक विकेट लिने खेलाडीको होडमा छैठौं स्थानमा रहेकाछन । त्यसैले पनि आजको खेलमा न्युजिल्यान्डका लागि यी खेलाडीहरुको प्रदर्शन नै बढि महत्त्वको रहनेछ । त्यति मात्र नभएर उत्कृष्ट फिल्डिङ गर्ने टिमको रुपमा यस विश्वकपमा देखिएको न्युजिल्यान्डका लागि गृह मैदानमा खेलिरहेको भारतको लिग चरणको सतप्रतिशत नतिजा विरुद्ध उच्च मनोवलका साथ खेल्नु अर्कोमहत्त्वपूर्ण कुरा रहनेछ । लिगको नतिजालाई विश्लेषण गर्ने हो भने हरतरहले उत्कृष्ट देखिएको भारतको लागि उसका व्याट्सम्यानहरु विराट कोहलि , रोहित शर्मा , शुभमन गिल , स्रेयस ऐयर, के एल राहुल सबै नै उत्कृष्ट लयमा रहनु का साथै बलरहरु जसप्रित बुमराह, मोहमद सामि, रविन्द्र जडेजा, कुलदिप यादव पनि जुनसुकै अवस्थामा टिमका लागि विकेट निकाल्न सक्ने खेलाडीको रुपमा यस विश्व कपमा देखिएकाछन ।
यस विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा ५९४ रन बनाएर विराट कोहली एक नम्बरमा छन भने भारतिय कप्तान रोहित शर्मा ५०३ रनका साथ चौथो स्थानमाछन ।यसै गरी सर्वाधिक विकेट लिनेमा भारतका जसप्रित बुमराह १७ विकेटका साथ चौथो स्थानमा र १६ विकेटका साथ मोहमद सामि पाचौ स्थानमा रहेका छन । त्यसो त लिग चरणमा भारतका पछिल्ला खेलहरु हेर्ने हो भने विराट कोहलि , रोहित शर्माले समेत विलङ गरेर विकेट लिएका छन । भारत विरुद्ध उसैको भुमिमा लाखौ दर्शकको अगाडि खेलेर उसलाई हराउनु न्युजिल्यान्डका लागि फलामको चिउरा चपाए सरह नहोला भन्न सकिदैन तर पनि क्रिकेटलाई अनिश्चितताले भरिएको खेल भन्ने गरिन्छ किनकि यसमा खेलको दिन, खेलाडीको प्रदर्शन जसको उत्कृष्ट हुन सक्छ उसैले बाजि मार्नेछ ।