झापा,कार्तिक १५ । झापामा उत्कृष्ट प्रतिक्रिया पाएको ‘म्लेच्छ’ नाटक अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन हुने भएको छ ।
परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउदै ‘ म्लेच्छ’ नाटक मञ्चन गर्ने भएको हो । पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख (१९–२२ कात्तिक) सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल थिएटर फेस्टिभलमा परिवर्तनले थिएटरले सहभागिता जनाउन लागेको थिएटरकी अध्यक्ष लीला विष्टले जानकारी दिनुभयो ।
पत्रकार पर्वत पोर्तेलको लेखन र गणेश बस्नेतको निर्देशन रहेको नाटक गत असोज २५ देखि कात्तिक ४ सम्म काँकडभिट्टामा मञ्चन गरिएको थियो ।
आदिवासीहरूको इतिहास र वर्तमान समेटिएको नाटकमा कविता नेपाल, लीला विष्ट, गणेश बस्नेत, एन्जल खड्का, अनिश वस्नेत, लोमश पौडेल, सुष्पा पोख्रेल, प्रतिक्षा आचार्य, गगन क्षेत्री, संजोग राई, कविता पौडेल, नवराज पाठक, झरना खनाल, कृष्ण पौडेल, सरोज जिरेल र भावना नेउपानेले अभिनय गर्नुभएको छ ।
असम राज्य सरकारको आयोजनामा हुन लागेको प्रतिष्ठित नाट्य महोत्सवमा परिवर्तन थिएटर सिंगो नेपालकै प्रतिनिधित्व गरेर सहभागी बन्न लागेको थिएटरकी अध्यक्ष विष्टको भनाई छ । महोत्सवमा नेपाल, बंगलादेश र भारतको विभिन्न प्रान्तका दर्जनभन्दा बढी नाटक प्रदर्शन हुने छ ।