झापा, असोज १८ । आईसीसी एकदिवसीय क्रिकेट पुरुष विश्वकपको १३औं संस्करण आजदेखि शुरु हुँदैंछ । भारतमा हुने विश्वकप क्रिकेटका खेलहरु ४६ दिनसम्म चल्नेछन । प्रतियोगिताका सबै खेलहरु भारतका दश शहरका क्रिकेट स्टेडियममा हुनेछन । भारतको कोलकाता, मुम्बई, दिल्ली, अहमदाबाद, बैंगलुरु, चेन्नई, हैदराबाद, धर्मशाला, लखनउ र पुंणेमा हुने भएका छन ।
यस पटकको विश्वकपमा १० वटा देशले सहभागिता जनाउँदैछन । विश्वकपमा आयोजक भारत सहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो र दोस्रो विश्वकप विजेता वेष्ट इण्डीज यसपालिको विश्वकपमा छनौट हुन सकेन भने पहिलो पटक भारतले पूर्ण आयोजनाको जिम्मा पाएको छ ।
यस अघि छिमेकी देशसंग मिलेर संयुक्त रुपमा तीन पटक विश्वकप आयोजाना गरिसकेको छ ।
क्रिकेट विश्वकपमा अहिलेसम्म २० वटा देशले प्रतिस्पर्धा गरिसकेका छन भने उपाधी ६ वटा देशले मात्रै जितेका छन । यस अघि अष्ट्रेलियाले सबैभन्दा धेरै ५ पटक उपाधी जितेको छ भने भारत र वेष्ट इण्डीजले २/२ पटक जितेका छन ।
पाकिस्तान, श्रीलंका र इंङल्याण्डले एक/एक पटक उपाधी चुमेका छन ।
प्रतियोगिताको पहिलो खेल आज डिफेण्डीङ च्याम्पीयन इंङल्याण्ड र न्यूजिल्याण्डबिच हुनेछ । गुजरातको अहमदावादमा हुने खेलमा नेपाली समय अनुसार अपरान्ह २ बजेदेखि शुरु हुनेछ ।