झापा,असोज ९ । सोह्र श्राद्ध सुरु हुन लागे संगै बजारमा दसैंकोे चहलपहल सुरु भएको छ । सोह्र श्राद्ध सुरु हुन अब ४ दिन मात्रै बाकीँ रहदाँ बजारमा दसैंको लागि चहलपहल हुन थालेको हो । सोह्र दिने सम्म चल्न सोह्र श्राद्ध सकिएको भोली पल्ट यहि असोज २८ गते घटस्थापना रहेको छ । दसैंका लागि पसलहरुमा नयाँ कपडा र अन्य साम्रागीको आपुर्तीमा बृद्धि भएको छ ।
नेपालीहरुको प्रमुख चाडका रुपमा रहेको दसैं तिहारमा नेपालीले अन्य चाडपर्वको तुलनामा ज्यादा खर्च गर्ने गर्दछन । लताकपडा, खाध्यान्न,मासु,विभिन्न पेय प्रदार्थ तथा मदिराको यो समयमा व्यापार बढ्ने गरेका कारण व्यापारिहरुले त्यसै अनुसार तयारी गर्ने गरेका छन ।
सरकारी स्तर बाट पनि दसैं लक्षित गरि बजार अनुगमन, सुपथ मुल्य पसल तथा नयाँ नोट वितरणको तयारी थालिएको छ । व्यापारिक संस्थानहरुले पनि दसैं तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरि बिभिन्न योजनाहरु सार्वजनिक गर्न थालिसकेका छन ।
सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।
त्यस्तै नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट वितरण गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले घटस्थापना आसपासदेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको हो । त्यसका लागि राष्ट्र बैंकले अहिले विवरण संकलनको काम गरिरहेको छ ।