कोभिड १९ का कारण ६ महिना देखि बन्द रहेका मेचीनगर नगरपालिकाका विद्ययालयहरु धमाधम खुल्न थालेका छन् ।
लामो समयदेखि बन्द रहेका नगरका विद्यालयहरु कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै विस्तारै सञ्चालनमा आएका हुन्।
विशेष गरि मेचीनगर वडा न १,२, ३ र ४ का अधिकांश सरकारी र निजी विद्यालयले पठनपाठन सुरु गरेका हुन् ।
विद्ययालयका सञ्चालकहरुले अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरिरहेको बताएका छन् ।
उता जिल्ला प्रशासन कार्यलय झापाले भने असोज १ गते एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयबाट आएको निर्देशन अनुसार जिल्लामा तत्काल कुनै पनि शैक्षिक संस्था नखोल्न आदेश दिएको थियो ।
तर, जिल्ला भरका अधिकांश विद्ययालयले भने अभिभावक र स्थानीय सरकारसँग सल्लाह गरेर सुटुक्क विद्ययालय खोल्न थालेका हुन्।
निश्चित संख्यामा विद्यार्थी पढाउने र विद्यालय आउन नचाहाने विद्यार्थीहरुलाई ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने गरेको मेचिनगरका एक निजी विद्ययालय सञ्चालकले सेतोपत्रलाई बताए ।
उनले विद्यार्थी पढाउँदा भौतिक दूरी कायम राखेर मास्क अनिवार्य गराएको जानकारी दिए ।
सरकारले अनलाइन, रेडियो, टेलिभिजन आदिबाट गरिने दुरशिक्षालाई नै प्राथमिक्ता दिनु भनिरहँदा वैकल्पिक पद्धतिमा विद्यार्थीको पहुँच अत्यन्त न्यून रहेको भन्दै विद्ययालयहरु खुल्न थालेका हुन् ।
के भन्छन् त शिक्षामन्त्री ?
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भनै तत्काल विद्यालय खोल्ने अवस्था नरहेको बताउँदै आएका छन् ।
हिजो मात्र उनले एक मिडियासँगको कुराकानीमा स्कुलहरु कोरोना संक्रमणको थलो बने भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न नसक्ने भएकाले वैकल्पिक माध्यम बाटै पठनपाठन गर्नुपर्ने बताए ।
वैकल्पिक पद्धतिबाटै शैक्षिक सत्र खेर जान नदिने गरी पठनपाठन गर्नुपर्ने उनको राय थियो ।
उनले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले कोभिड–१९ नियन्त्रण गर्न दुई वर्ष लाग्छ भनेकाले हामी दुई वर्षे शिक्षा योजना बनाउन लागेको बताए ।
एकातिर संक्रमणको त्रास अर्का तिर सरकारको निर्देशन बिना नै विद्यालय खोल्दा शिक्षामन्त्रीले भने झै कतै शिक्षा क्षेत्रनै संक्रमणको थलो बन्ने त हाइन ?