झापा, असोज १ । संसदमा दर्ता भएको शिक्षा विद्येयकले आम शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै देशभरका शिक्षकहरु आन्दोलनमा छन । अब निर्णायक आन्दोलन गर्ने भन्दै शिक्षकहरुले काठमाण्डौ केन्द्रीत आन्दोलन गर्ने घोषणा गरिसकेको शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षकहरुले असोज ३ गतेदेखि अनिश्चितकालिन बिद्यालय बन्द गरेर काठमाण्डौमा प्रदर्शन गर्ने भएका छन ।
‘देशभरबाट एक लाख शिक्षक काठमाण्डौका सडकमा उर्ताछौं,’ नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईले भन्नुभयो, ‘अब हामी सकारका कर्मचारी तहसंग बार्ता गर्दैनौं, हाम्रो मुद्धा अहिले संसदमा पुगेकाले अब सांसद वा सरकारको नेतृत्वसंग मात्रै हाम्रो कुरा हुन्छ ।’ संसदमा रहेको विद्यालय शिक्षा नियमन तथा संशोधन गर्न बनेको बिद्येयकले संविधानले दिएको ट्रेड युनियन अधिकार समेत कुण्ठीत गरेकाले यो बिद्येयक नसच्चिएसम्म आन्दोलन जारी राख्ने चौलागाईले बताउनुभयो ।
‘राजनितिक दलको सदस्यतासंग हाम्रो सरोकार छैन,’ अध्यक्ष चौलागाईले भन्नुभयो, तर संविधानको धारा ३४ को उपधारा ३ मा स्पष्ट रुपमा उल्लेख भएको ट्रेड युनियन अधिकारलाई संविधानले नै मौलिक हक भनेर राखेको छ, यो विद्येयकले त्यसलाई समेत कुण्ठीत गरेको छ त्यो कुनै हालतमा हामीलाई स्वीकार्य छैन ।’ ‘शिक्षकहरुलाई सरकारले पटक पटक ढाँट्यो,’ चौलागाईले भन्नुभयो, ‘अब सबै राजनितिक दलका प्रमुख सचेतक र सरकारको नेतृत्वसंग मात्रै हाम्रो बार्ता हुन्छ ।’ अहिलेको आन्दोलनमा नीजि विद्यालयका शिक्षकहरुको समेत संस्थागत रुपमा समर्थन रहेकाले वहाँहरु समेत काठमाण्डौ केन्द्रीत आन्दोलनमा सहभागि हुने चौलागाईले बताउनु भयो ।
आन्दोलनका क्रममा अहिले जतिदिन विद्यालय बन्द हुन्छ तेती नै दिन सार्वजनिक विदाको दिन पढाएर भए पनि विद्यार्थीको पढ्न पाउने अधिकारको सुनिश्चित गरिने समेत चौलागाईले बताउनु भयो । संसदमा दर्ता भएको शिक्षा विद्येयकले शिक्षाका धेरै मुद्दाहरुलाई सम्बोधन नगरेको भन्दै शिक्षक महासंघले विद्यालय बन्द गरेर देशरभका शिक्षक काठमाण्डौमा भेला भएर असोज ३ गतेदेखि अनिश्चितकालिन सडक आन्दोलनको घोषणा गरेको छ । हाल देशभर सबै प्रकारका करीब दुई लाख ५० हजार शिक्षक कार्यरत छन ।