झापा, भदाै १८ । मेचीनगर नगरपालिकाका कर्मचारीका कारण आम नगरबासीले धेरै दुःख पाएकाे भन्दै तीन जना वडा अध्यक्ष नै कर्मचारी बिरूद्ध मैदानमा उत्रिएका छन । मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले आज नगरपालिकाकाे मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूबीचकाे झगडाले लामाे समयदेखि आम जनताले दुख पाएकाले अब सहन नसकिने बताएका छन । वडा अध्यक्षहरूले ८ बुँदे विभिन्न प्रश्नहरू उठाएका छन । त्यसकाे उत्तर ४८ घण्टामा कर्मचारीहरूले दिनु पर्ने वडा अध्यक्षहरूले बताएका छन ।
`हामी तेसै वडा अध्यक्ष भएका हाेइनाै, लामाे संघर्ष पछि जनताले जिताएर बनाएका हुन,´ मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कार्कीले भन्नुभयाे, `हाम्राे कुरालाई अब पनि कर्मचारीले बेवास्ता गरे ति कर्मचारीलाई हामी छाड्दैनाैं ।´
नगरपालिकामा कर्मचारीका कारण जनप्रतिनिधि नै असफल हुने अवस्था भएकाे कार्कीले बताउनु भयाे ।`हामी असफल हुन आएका हाेइनाैं,´कार्कीले भन्नुभयाे, `४८ घण्टा भित्र हामीले उठाएका बिषय समाधान नगरे अप्रिय घट्ना हुन सक्छ र त्यसकाे जिम्म तिनै कर्मचारीले लिनु पर्छ ।´
नगरपालिका कार्यालयकाे माथिल्लाे तहका केही कर्मचारीका कारण अत्यन्तै दुख पाएकाे वडा नं १० का वडाअध्यक्ष नारायण खनालले बताउनु भयाे । `नगरपालिका कार्यालय आउनै मन लाग्दैन,´ खनालले भन्नुभयाे, `अब हामी सहेर बस्दैनाै ।´
नगरपालिकामा जनप्रतिनिधिले निर्णय गरेकाे कुरा पनि लागू नहुने गरेकाे वडा नं १३ का वडाअध्यक्ष कृष्ण सिग्देलले बताउनु भयाे ।
`नगरपालिका अत्यन्तै अपारदर्शी भयाे,´ सिग्देलले भन्नुभयाे, `याे जनताकाे कार्यालय हाे यहा सबैकुरा पारदर्शी हुनु पर्छ ।´
पत्रकार सम्मेलनमा मेचीनगर ४ काे हात्ति मैत्री किसान समुहका सदस्य देवी प्रसाद आचार्यले सब्जी खेतिकाे पैसा ५ महिना बितिसक्दा पनि नदिएकाे बताउनु भयाे । त्यस्तै मेचीनगर ४ कै निता थापाले नगरपालिकामा दशाैं पटक आउदा समेत काम नहुने भएकाले समस्या भएकाे बताउनु भयाे ।
मेचीनगर नगरपालिकामा सामाजिक विकास शाखा प्रमुख अनन्तप्रकाश वस्ती र लेखा शाखा प्रमुख पदमबहादुर कार्की बीच बरियताकाे बिषयलाई लिएर लामाे समयदेखि विवाद छ । यी दुई कर्मचारीकाे विवादका कारण नगरपालिकाका सबै जसाे कर्मचारीहरू पनि दुई तिर विभाजन भएका छन भने सेवा लिन नगरपालिका कार्यालय पुग्ने आम नगरबासीले समेत दुःख पाईरहेका छन ।