झापा, भदौ १२ । भोलिदेखि शुरु हुने एसिया कप क्रिकेटमा आयोजक पाकिस्तान नेपाली टिमसंग झस्किएको छ । एसिया कपको पहिलो खेलमा नेपालले भोलि विश्वक्रिकेटको शक्ति राष्ट्र पाकिस्तानसंग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । मुल्तान क्रिकेट स्टेडियममा हुने प्रतियोगिताको पहिलो खेल अघि नेपाली क्रिकेट टिमसंग पाकिस्तान केही झस्कीएको हो ।
त्यसमा पनि नेपाली खेलाडीहरुको पछिल्लो प्रदर्शन उत्कृष्ट लयमा रहेको र पाकिस्तानी टिम कप्तान बाबर आजमको भरोसामा मात्रै लय पकडिएको अवस्थामा भएका कारणले पनि यतिबेला नेपाली क्रिकेट टिम चर्चामा छ ।
पाकिस्तानी क्रिकेट टिमको इतिहासलाई हेर्ने हो भने पनि उसको प्रर्दशन एकनाशको छैन । राम्रो हुँदा अत्यन्तै राम्रो हुने र नराम्रो हुँदा सारै नराम्रो अवस्थासम्म पुग्ने पाकिस्तानी क्रिकेट टिमको बिगतले पनि यतिबेला उनीहरु नेपाली टिमसंग अलि शंसकीत बनेका छन ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिमका अलराउण्डर गुल्सन झालाई प्रतियोगिताकै हेर्न लायक खेलाडीका रुपमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नै सुचीकृत गरे पछि भने पाकिस्तानी कप्तान आजमको टाउको दुखाई भएको छ । बलिङ अलराण्डर गुल्सन आक्रामक व्याटिङ गर्न सक्ने र जुनसुकै बलरका सामू समेत रन बनाउन सक्ने खेलाडी भएकाले पनि नेपाली टिमलाई बलियो टिमको रुपमा हेरिन थालिएको छ ।
नेपालका सुपरस्टार लेग स्पीनर सन्दीप लामिछानेलाई पनि एसिया कपमा राम्रो गर्न सक्ने खेलाडीका रुपमा हेरिएको छ । कप्तान रोहित, सन्दीप र गुल्सन सहित १७ सदस्यीय नेपाली टिममा आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, मौषम ढकाल, सन्दीप जोरा, भिम शार्की, करण केसी, कुशल मल्ल, किशोर महतो, प्रतिस जिसी, ललित राजबंशी र अर्जुन साउद रहेका छन ।
६ वटा टिम सहभागि एसिया कपका खेलहरु पाकिस्तान र श्रीलंकामा हुँदैछन । जस मध्ये ४ वटा खेल पाकिस्तानमा हुनेछ भने फाइनल सहित ९ वटा खेल श्रीलंकामा हुनेछ । दुई समूहमा रहेका टिममा एउटा समूहमा नेपाल सहित पाकिस्तान र भारत छन भने अर्को समूहमा श्रीलंका, अफगास्तान र बंगलादेश रहेका छन । भोलि हुने नेपाल र पाकिस्तान बिचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः३० बजे शुरु हुनेछ ।