झापा,भदौ ६ ।महिला जनचेतना केन्द्र काँकडभिट्टाले आम्दा मेची अस्पताल धुलाबारीलाइ ५५ हजार मुल्य बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिपदको समयमा सघाउ पुगोस् भन्ने उदेश्यका साथ अस्पताललाई ६ थान मेट्रेस,३ थान आई भि स्टेन्ड, २ थान बेड स्क्रिन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
आज एक समारोह विच आम्दा मेची अस्पताल ब्यवस्थापन समितिका उपाध्यक्ष एवम् मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं र आम्दा मेची अस्पतालका इन्चार्ज डाक्टर पोषणरमण त्रिपाठीलाई महिला जनचेतना केन्द्रकि संस्थापक अध्यक्ष राधा प्रधान कार्की तथा केन्द्रका पदाधिकारीहरुले सामग्री हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा मेची उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रिसि ऋषिराज तिम्सिना,उपाध्यक्ष भुमि पौडेल,महासचिव दिनेश शाक्य ,कार्यकारी निर्देशक गोपाल बस्नेत,अस्पताल प्रशासन प्रमुख किरण निरौला साथै महिला जनचेतना केन्द्रकि सचिव भुवन सुब्बा ,कोषाध्यक्ष लक्ष्मी खनियाँ,सहसचिव रिता प्रधान समेतको उपस्थिति रहेको थियोे । हस्तान्तरण गरिएको सामग्रीले अस्पतालको दैनिक सेवामा सघाउ पुग्ने उपाध्यक्ष खेमराज प्रसाईले बताउनु भएको छ ।
यसअघि संस्थाले हिजो मेचीनगरको वडानम्बर ५ का ८ घरपरिवारलाई मानवीय संकट सहयोग सामाग्री पनि वितरण गरेको थियो । संस्थाले अहिलेको मौसमा आवश्यक पर्ने सामाग्रिहरु झुल, छाता, स्टिल पानी फिल्टर र टर्च लाइट विपन्न वर्गका ८ परिवारलाई वितरण गरेको हो ।