झापा, भदाै ३ । काेशी प्रदेशसभाकी उपसभामुख श्रृजना दनुवारले भाेलि अर्थात भदाै ४ गतेकाे प्रदेशसभा बैठकमा अनुपस्थीत हुने संकेत गर्नु भएकाे छ । मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत लिने गरी भाेलि दिउसाे १ बजे प्रदेश सभाकाे बैठक बाेलाईएकाे छ ।
`हेराै भाेलि के हुन्छ,´ उपसभामुख दनुवारले सेताेपत्रसंग भन्नुभयाे, `भाेलि नै सबै कुरा थाहा हाेला नी ।´ भाेलिकाे बैठक तपाईले चलाउने हाे ? भन्ने प्रश्नमा दनुवारले स्पष्ट जवाफ दिनु भएन ।
मुख्यमन्त्री थापालाई विश्वासकाे मत पुर्याउन नदिने याेजनामा लागेकाे एमालेले उपसभामुखलाई अनुपस्थीत गराउने र जेष्ठ सांसदहरूलाई समेत बैठकमा अनुपस्थीत गराएर सत्ता पक्षकै जेष्ठ सदस्यबाट बैठक सञ्चालन गर्ने अवस्था बनाएर मुख्यमन्त्री थापालाई विश्वासकाे मत पुर्याउन नदिने तयारीमा एमाले लागेकाे देखिन्छ ।
एमालेका जेष्ठ सांसदहरूले भाेलिकाे बैठकमा उपसथीत हुन नसक्ने प्रदेश सभा सचिवालयलाई जानकारी गराईसकेका छन ।
एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका छन । त्यस्तै राप्रपाका अम्बरबहादुर विष्ट (६८) र गोपालबहादुर विश्वकर्मा (६५) पनि भोलिको बैठकमा उपस्थित नहुने जानकारी गराईसकेका छन ।
प्रदेश सभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरु प्रदेशसभामा अनुपस्थित हुने भएका हुन्। प्रदेशसभामा सभामुख र उपसभामुखको नहुँदा जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ।
एमाले र राप्रपाले जेष्ठ सदस्यहरूलाई बैठकमा अनुपस्थीत गराउने तयारी गर्दा उपसभामुख दनुवारकाे राजिनामा पनि आउने सम्भावना देखिन्छ ।
उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरुले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ। तर प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थमा भने जेष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ।
उपसभामुख दनुवार एमालेबाट निर्वाचित सांसद हुनुहुन्छ ।