बिर्तामाेड, भदाै १ । राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरू अवैद्य सम्पत्ति लुकाउन लागि परेकाे आराेप लगाउनु भएकाे छ । `पुराना राजनितिक पार्टीका नेताहरू ३२ बर्ष लगाएर भेला पारेकाे अवैध सम्पत्ति लुकाउन बल गरिरहेका छन,´ लामिछानेले भन्नु भयाे, `देशलाई कङ्गाल बनाएर थुपारेकाे सम्पत्तिकाे हिसाब हामी खाेज्ने छाैं ।´
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन भएकाे लामिछानेले बताउनु भयाे ।`देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएकाे छ,´लामिछानेले भन्नुभयाे, `पुराना राजनितिक दलका अनैतिक सेटिङले नै युवामा देशभित्र केही गर्ने जाँगर हराएकाे हाे ।´
चितवनमा चलाएकाे ब्लु बसकाे बिषयमा स्पष्ट पार्दै लामिछानेले भन्नुभयाे, `सार्वजनिक यातायातमा महिलामाथि दुव्यवहारकाे घट्ना हुन नदिन महिलाका लागि मात्रै ब्लु बस चलाएका हाैं ।´
बिर्तामाेडकाे सिटि सेन्टरमा भएकाे खुला सभामा रास्वपाका केन्द्रीय महासचिव मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाई, रास्वपाका प्रमुख सचेतक सन्ताेस परियार, सांसद निशा डाँगी लगायतका नेताहरूले सम्बाेधन गर्नु भएकाे थियाे ।
रास्वपाले शुक्रबार र शनिवार झापाका पाँच वटै क्षेत्रमा खुला सभाकाे आयाेजना गरेकाे छ ।