मेचीनगर,साउन ९ । भारतबाट एक सय रुपैँया भन्दा बढी मुल्यको सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्थाको बिरोधमा झापाको मेचीनगर नगरपालिकामा प्रर्दशन भएको छ ।
पारीबाट दैनिक सामान ल्याएर वारी बेच्ने साना व्यापारीहरुले आज मेचीनगर नगपालिकाको कार्यलयमा पुगेर बिरोध जनाएका हुन । साना व्यापारीहरुले भारतबाट सामान ल्याएर नेपालको विभिन्न ठाउँसम्म पुर्याउने गरेका छन् ।
भारतबाट सामान ल्याउन नपाउदाँ आफनो रोजीरोटीनै गुमेको भन्दै उनिहरुले यसप्रकारको नियम नलगाउन नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी तथा उपप्रमुख मिना उपे्रती संग माग राखेका छन । त्यसको जवाफ दिदै नगरप्रमुख तथा उपप्रमुखले यो बिषयमा भन्सार कार्यलय संग छलफल गरि समस्या समाधानको प्रयास गरिने आश्वासन दिनुभएको छ ।
सरकारले सिमावर्ती क्षेत्रमा भन्सार छलेर सामान आयात हुँदा राजश्व अशुलीमा गिरावट भएको पाएपछि साउन १ गतेदेखि भारतबाट एक सय रुपैँया भन्दा बढीको सामान ल्याउदा भन्सार लाग्ने नियम कार्यन्वयनमा ल्याएको हो । त्यसै अनुसार मेची नगरपालिकाको समन्वयमा मेची उधोग बाणिज्य संघ, मेची भन्सार कार्यालय, भन्सार एजेन्ट, स्थानीय राजनीति दलका प्रमुखलगायत सम्मिलित भेलाले १०० भन्दाबढी रकमको सामानलाई भन्सार शुल्क लिने व्यवस्थामा सहजीकरण गर्ने प्रतिबद्धता गरेको थियो ।
सोहीअनुसार मेची भन्सार कार्यालयले भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको चेकजाँच गरी १ सय भन्दा बढी मूल्यका सामानको भन्सार शुल्क लिन सुरु गरेको छ । यो व्यवस्था लागु भए संगै स्थानिय समुदाय यसको पक्ष र बिपक्षमा बाँडिएको छ ।
यसैबिच होटल ब्यवसायी संघ मेचीनगरले पनि एक सय रुपैँया भन्दा बढी मुल्यको सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्थाको बिरोधमा काँकरभिट्टामा बिरोध र्याली निकालेको छ । ब्यानर र प्ले(कार्डसहित सडकमा उत्रेका ब्यवसायीले १ सय भन्दा बढीको सामान ल्याउन पाउनुपर्ने माग राखेका छन ।
आर्थिक मन्दीले मुलुक जर्जर अवस्थामा पुगेको बेला ब्यवसायीलाई सास्ती दिने खालको अब्यबहारिक नियम ल्याइएको उनिहरु प्रर्दशनमा उत्रिएका हुन ।