असार १५ हाम्रो नेपालीहरुको एक महत्वपूर्ण किसानी कर्म गर्नेका लागि महत्पूर्ण चाडवार्ड मानिन्छ पर पूर्व काल देखी नै मुठी रोपेर मानो फलाउने भन्ने उखान नै छ । मानु खाएर मुरी उब्जाउने भन्ने उखान सहित असार महिना र कृषि दवै नेपालीका लागी महत्वपुर्ण महिना हो । जतिबेला बैद्धिक विधि अनुसार धान विउ राख्ने, रोप्ने,काट्ने, न्वागी खाने समेत सहित हेराइन्थ्यो । धान रोप्न बाजा गाजासहित बठि लगाउने भन्दै खेतबारिमा बाजा गाजा सहित हाम्रा कृषि उपजका गितहरु भका मिलाएर गाइन्थो । यसो गर्नाले उत्पादन राम्रो बढ्छ भन्न आम मानिसको बुझाई थियो ।
देशको राष्ट्रिय आम्दनीको झण्डै ६५ प्रतिशत ओगटेको कृषिलाई अझ बढी प्रभावकारी बनाँदै लैजाननका लागी आभधुनीक कृषि प्रणली लाई जोड दिने, साइहिक खेति गर्ने, धेरै एतपादन गर्न व्यवसायीक रुपमा खेती बढाउने प्राङगारीक कृषि प्रणाली अपनाउने आजको दिनमा दिगो विकास गर्ने र कृषिमा आत्मा निर्भर रहनको लागि अनिवार्य आवश्यकता बनि सक्दापनि हामीले कृषिलाई एक महत्वपूर्ण अंशको रुपमा दिन नसक्नु हाम्रो देश कृषिमा आधारित, कृषि प्रधान देश धन्न कतिको आतियुक्ति हुन्छ भन्ने कुरामा विश्लेषण गर्नुपर्ने दिन आए जस्तो लाग्दछ ।
आज को ५० औं दशक अगाडि हाम्रो कृषि उपज खाद्यान्नहरु निर्यातसम्म गर्न सक्ने हैसियतमा थियो । तर आज आएर आयात नगरि रोक गर्न सम्म नसक्ने अवस्थामा पुगि सक्यो । तथापी आजका नेताहरु भनाउँदाहरुले असार १५ लाई उल्लासको रुपमा मनाउदै, फोटो सूट गर्न, एक अर्कालाई समाजीक सञ्जाल मार्फत कृषिलाई आत्मसात गरेको छु भन्दा फोटो साटा साट र बोलेको गरेको देख्दा अमाी जस्ता यथार्थमा कृषि गर्नेलाई खिल्लि उडाए जस्तो मैले अनुभुति गरेको छु । कसैले गमलामा धान रोप्ने त कसैले खुट्टा टेक्न पनि नसकि समाईदिएर, छाता ओडाएर धानवारिमा मिडिया लगेर प्रचार बाजि हुनु कतिको सहि कार्य हो ? खै हामी बाह्रै मास खेती किसान र किसानका, उद्योग र व्यवसायका कुरा गर्दै पड्यो सुनिदिने को त ?
केहि मल र विउ नपाएर सडकमा आउनु पर्द छ त खोइ किसानको कामको मूल्य नपाएर खाली खुट्टा काठमाडौको जाडो, गर्मि, धुलो पानी नभनि माइतिघर मण्डलामा माग पुरा गरिदेउ सरकार भन्दै सडकमा बस्ने किसान को मूल्य कसले तिर्ने ? असार १५ मा धान रोप्ने एक दिन खेति गर्ने, नेता किसानले र्निे की कसले ?
आज आएर खेति किसानी गर्न कृषि कार्ममा लागेकाहरुलाई कस्ले उनिहरुको घाउमा मलम लगाउने । एक दिन मनोरञ्जनमा कसैले फोटो खिच्ने, रमाउने, दहि, चिउरा र केराको फोटो सामाजिक सञ्जालमा राखेर उत्पादन हुन्न भन्ने समेत हेक्का नहुने नेताहरुबाट अब हामीले के आस गर्ने ? हवाइ जहाज चढी चढी धान दिवस भन्दै असार १५ मनाउने नेताहरु प्रति बितृष्ण छ । बरु त्यहि एउटा गरिव किसानलाई धान को विउ जोगाड गर, मल लगाउ, खेताला लगाई धान भित्राउन सुरक्षित कोेठा छैन भने कोठा बनाउ भनेर दिएको भए कमसेकम किसानले त धन्यवाद हजुर भन्दथ्यो होला तर आज यो कृषि प्रतिको विडम्बना र आडम्बरमात्रै देख्न पाहिन्छ ।
म पनि प्राङगारीक कृषि पेशामा लागेको दुई दशक पार भइसकक्यो कहिल्येै पनि एक दिने असार १५ मा धान रोप्न गएको छैन । रोपे त कृषिमा काम गरे त १२ महिना गरे । कृषकहरुका सम्स्या , साना साना उद्यागी व्यवसायीहरुको हक हितका लागी वहाँहरुकै मुद्धाहरुमा पहल कदमी गर्दै आएँ तर हाम्रा किसानका कुरा, कृषि पेशाका कुरा, सन्नेहरुका लागि सहि नीति र नियम बनाउने नेता आजसम्म देख्न सकिन । अर्काको देशको नीति, नियममा व्याख्या गर्ने, कपि गर्ने धेरै भए तर आफ्नो देशले मागेको र कृषिमा कायापलट गर्न साथै देशाको भूगोलको आधारमा नीति, नियम बनाउने र कृषि बुझ्ने मानिस नेपाल आमाले नेपाल भूमिमा पाउन नसकेकै हुन त ?
असार १५ तथा एक दिने कृषि नेताहरुले सक्नुहुन्छ भने कृषिका समस्याहरु बुझेर कार्यान्वयन गर्न सक्ने खालको नीति नियम बनाउनमा मन जाओस्, दिल जावस, कृषि कार्यहरुलाई समान होस्, अन्न दाताहरुलाई माटोमा काम गर्न, फोहोरी, कृषि भन्ने वित्तिकै मैला लुगा लगाउने, हात खुट्टाभरि माटै माटो हुनुपर्ने भन्ने दृष्टिकोण पनि हटाइयोस् भद्र र सहि सम्मानले हेरियोस ।
सामाजिक सञ्जालबाट संकलन गरिएका एक दिने असार १५ धान दिवसमा सरिक हुने नेताहरुका केहि तस्विरका झलकहरु ।