झापा, जेठ ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले झापा जिल्ला अब रास्वपा पार्टीको किल्ला बन्ने दाबी गरेका छन । जिल्लाका विभिन्न स्थानमा शनिवार आयोजित कार्यक्रममा बोल्दै रास्वपाका नेताहरुले झापालाई रास्वपामय बनाउने दाबी गरेका हुन् ।
शनिवार मेचीनगर स्थित धुलाबारीमा आयोजित कार्यक्रममा बोल्दे रास्वपाकी नेतृ एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले कुशल राजनीति गर्न चाहेको बताउनुभयो । कुशल राजनीतिमा दर्शन र विचार हुने भन्दै उहाँले राजनीतिका लागि इमान र आचारण महत्वपुर्ण कुरा भएको बताउनुभयो ।
यसैगरी कार्यक्रममा रास्वपाकी सचेतक तथा झापाकी सांसद निशा डाँगीले आफ्नो पार्टीले अरु दलको जस्तो चिल्लो भाषण, मिठो कुरा र झुटो कुरा नगर्ने बताउनुभयो । जनताको आवाजलाई पार्टीले सधैँ प्राथमिकतामा राख्ने उहाँको दाबी थियो ।
कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री मुकुल ढकालले जनताको पार्टी भएकोले अहिले पार्टीमा जनलहर बढेको बताउनुभयो । जनताले ८४ सालको चुनावमा पार्टीलाई एक नम्बरमा पुर्याउने उहाँको भनाई थियो । मेचीनगर, विर्तामोड लगायतका जिल्लाका विभिन्न स्थानमा हिजो रास्वपाले कार्यक्रम आयोजना गरेको थियो ।
जुन कार्यक्रममा बोल्दै नेताहरुले रास्वपा जनताको पार्टी भएको र जनभावना अनुरुप काम गर्ने भएकाले झापा जिल्ला लालकिल्ला बन्ने दाबी गरेका हुन् । झापामा विभिन्न पार्टी परित्याग गरि रास्वपामा प्रवेश गर्नेको पनि उल्लेख्य संख्या रहेको छ । शनिवार मात्र विभिन्न पार्टी परित्याग गरि जिल्लाका विभिन्न स्थानबाट दर्जनौको संख्यामा रास्वपामा प्रवेश गरेका छन । नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय नेताहरूले पार्स्वाटीमा स्वागत गरेका थिए ।
यसैबीच शनिवार धुलाबारीमा रास्वपाकोमचीनगर अधिवेशन समत सम्पन्न भएको छ । अधिवेशनले मचीनगर २ का कमल गौतमको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपसभापतिमा रञ्जु वस्नेत, सचिवमा सन्तोष राजबंशी र कोषाध्यक्षमा इन्द्रप्रसाद भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा देवी पराजुली गुरागाई, शोभा विष्ट, गोविन्द सुन्दास, काजीमान विक, दिनेशकुमार गुप्ता र असमि दाहाल चयन हुनुभएको छ ।