उठेर उठाउन ,बाचेर बचाउन सकु
हासेर हसाउन ,नाचेर नचाउन सकु
मेरो मृत्युसैया सम्म को उदेश्य येहि होस
पिडा देखाउन बाहिर निस्कदा
नतड्पेको कस्लाइ भेट्छु अपेक्षा गरु ।
कालो घेराभित्र बलिरहेको दियो को
पनि त प्रकाश हुन्छ आखिर
अजङ्गको हाती पनि बाच्न खोज्छ
प्राण प्यारो नहुने भेट्न सकिन्न
भाग्य को रेखा मेट्न सकिन्न
उत्कण्ठा लाई बाध्नु परेता पनि
अघि नबडने को भेटिन्न
समय छोटो छ अधुरो अफसोच छ
तर पनि यो मन अति मदहोस छ ।
कर्णाली को चिसो पानी मा चोबिन पाये
लाली गुराँस र सुनाखरी मा लोभिन पाये
अनन्त भित्र अन्तको प्रवाह हुन्न
अर्थ खोज्दा निरर्थक हुन्न ।
शंकर भट्टराइ ।
(६ मे २०२३ नया दिल्ली )