झापा, जेठ १ । झापा भद्रपुर ९ स्थीत पुहाँतु जनज्योति माविले विद्यालयसंग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । विद्यालयमा पाँच जना शिक्षकलाई हाजिर गराउन नदिएको बिषयमा सेतोपत्र डटकम र रेडियो मन्त्रमा प्रकासित तथा प्रसारित समाचार प्रति विद्यालयको ध्यानाकर्षण भएको जनाउँदै समाचार खण्डनका लागि विद्यालयका तर्फबाट पठाइएको पत्र सेतोपत्र डटकम र रेडियो मन्त्रलाई प्राप्त भएको छ ।
विद्यालयद्वारा पठाइएको पत्रमा पाँच जना शिक्षकलाई हाजिर गराउन नदिएको बिषयमा व्यवस्थापन समितिको निर्णयबाटै वैशाख ५ गतेदेखि हाजिर गराउन नदिएको भन्ने उल्लेख छ । पाँच जना मध्ये दुई जनालाई हाजिर नगराएको र तिन जनाले हाजिर नगरेको विद्यालयको दाबी छ ।
व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्र, शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवाल र प्रधानाध्यापक कौशल्यादेवी आचार्यले हस्ताक्षर गर्नु भएको पत्रमा विभिन्न २६ बुँदामा शिक्षकलाई हाजिर नगराउनु पर्ने कारण र सेतोपत्र र रेडियो मन्त्रमा आएका समाचारका बिषयमा स्पष्टिकरण दिइएको छ ।
त्यसैगरी पुहाँतु जनज्योति माविका शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालले आफु बिरुद्ध पत्रकार महासंघ झापाले निकालेको प्रेस विज्ञप्ती प्रति आपत्ति जनाउनु भएको छ । सेतोपत्र डककमका सम्पादक ज्ञानेन्द्र निरौलालाई फेसबुकमार्फत धम्की नदिएको तर सुझाव दिएको भन्दै महासंघको बिज्ञप्ती प्रति कटुवालले आपत्ति जनाउनु भएको हो ।
कटुवालले आज समाचार खण्डन सम्बन्धमा सेतोपत्र डटकम र रेडियो मन्त्रलाई पत्र लेख्दै पुहाँतु जनज्योति माविको समाचारको बिषयलाई लिएर वैशाख २६ गते सामाजिक सञ्जालमार्फत पत्रकार निरौलालाई कारबाही गर्ने सहितको धम्की दिनु भएको थियो । त्यस लगत्ती पत्रकार महासंघ झापा शाखा सहित नेपाल प्रेस युनियन झापा जिल्ला समिति, कोशी प्रदेश समिति र प्रेस क्लब मेचीनगरले अलग अलग विज्ञप्ती निकालेर कटुवालले पत्रकार निरौलालाई दिएको धम्की प्रति आपत्ति जनाएको थियो ।
सेतोपत्र डटकम र रेडियो मन्त्रले पुहाँतु जनज्योति माविसंग सम्बन्धी प्रकासित र प्रसारित गरेका सबै समाचारको प्रमाण सुरक्षीत राखेको सम्पादक निरौलाले बताउनु भयो । वहाँले भन्नुभयो, ‘सबै समाचारको प्रमाण सुरक्षीत छ, हामीले लेखेको समाचार गलत भए कानून बमोजिम सजाय भोग्न तयार छौं ।’ समाचारमा चित्त नबुझे कानून अनुसार त्यसको उपचार खोज्न सम्पादक निरौलाले विद्यालय पक्षलाई आग्रह गर्नु भएको छ । तथ्य सहितको समाचार लेख्दा आउने अनेक खालका धम्की र चुनौतीको सामाना गर्दै अघि बढ्ने सम्पादक निरौलाले बताउनु भयो ।