हालसालै प्रकाशित नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० बर्ष उमेर समुहको जनसंख्या ४२Þ५६ प्रकाशित रहेको छ । यो समुह राज्यको सबै भन्दा उत्पादनशिल र उर्जाशिलसमुह मानिन्छ । नेपालको राष्ट्रिय युवानीति २०७२ ले परिभाष गरे अनुसार यस समुहका मानिसहरुलाई युवा भनिन्छ । अघिल्लो दशकको जनगणना जस्तै यसपाली पनि पुन युवाको जनसङ्खिक लाभांश कायम रहेको छ । यो समुहलाई नयाँ नेपाल निमार्ण गर्ने सपना पुरा गर्न आवश्यक पर्ने सामाजिक, राजनीतिक, साँस्कृतिक, आर्थिक परिवर्तन र रुपान्तरणका आधार निमार्ण गर्ने भरोसा पनि गरिन्छ । त्यसैले समाजले हरेक क्षेत्रमा युवाहरुको खोजि गर्छ । नेपाललाई उनिहरुको ज्ञान,उर्जा, शिप र क्षमताको अधिक्तम उपयोग गदै उत्पादनमा जोडने अवसर फेरी पनि दोहोरीएर मिलेको छ ।
अघिल्लो जनगणनामा पनि युवाको जनसङ्खिक लाभांशमा नेपाल भए पनि आसातित उपभोग र प्रयोग गर्न राज्य असफल भयो । देशभित्रै युवा मैत्रि लगानिको अभावमा नेपाली युवा बेरोजगारी, गरिवि र बैदेशिक रोजगारीको चक्रमा फसिरहेको छन् । ‘खाली दिमाग सैतानको बास’ भने जस्तै समाजमा युवा लक्षित उत्पादन मुलक, सकरात्मक रचनात्मक योजना तथा कार्यक्रमले युवावर्गलाई आकर्षण गर्न नसक्दा उनिहरु विभिन्न मनोसामाजिक,मानसिक समस्याका सिकार, सामाजिक बिभेद र असमानताका प्रबन्धक र प्रचारक बन्ने खतरा साथै गैरकानुनी कृयाकलापमा पनि सहभागिता बढेको बिभिन्न तथ्याङ्कले देखाउछ ।
नेपाली समाजमा लागुऔषध लागुऔषध दुर्व्यसन विरुद्धको अभियानमा एकबद्धता ठुलो सामाजिक समस्याको रुपमा विकास भइरहेको छ । दिन प्रतिदिन यसको लतमा फस्ने युवाहरुको सङ्खया बढ्दै गएको छ । नेपाल प्रहरीको लागु औषध नियत्त्रण व्युरोको तथ्याङ्कअनुसार झापा जिल्लामा लागुऔषध प्रयोग कर्ताहरु बढेको देखिन्छ । प्रहरीको चेकिङ्गमा दैनिकजसो लागु औषधको बरामत गरेको समचार पनि सुन्न पाहिन्छ । प्रहरीको भनाइ अनुसार कुनै समय हुने खानेले प्रयोग गर्ने आज दैनिक ज्याला मजदुरी गर्नेहरु पनि सेवनकर्ता बनेका छन् । समाजमा दैनिक गुजारा गरेर परिवारको जिम्मेवारी उठाउनु पर्ने श्रमिक युवाहरु पनि लागुऔषध दुर्व्यसन विरुद्धको अभियानमा दुर्व्यसनमा फस्दा घरपरिवारको विल्लीबाठ साथै घरझगडा धेरै हुने गरेको छ । घर परिवारको दैनिक आवस्यता पुरा गर्न भन्दा पनि दुर्व्यसन उनिहरुको प्राथमिकता बन्दा परिवारिक जिम्मेवारी उठाउन सकिरहेका छैनन् ।
त्यस्तै गाउँघरका पाका मान्छेले लागु औषध दुर्व्यसनी केटाहरुले गर्ने हो भने जस्तै आज यसका प्रयोगकर्ता केटाहरुमा मात्र सिमित छैन् । महिला प्रयोगकर्ताको पनि सङ्खया बढेको तथ्याङ्कले देखाउछ । त्यसैले के भन्न सकिन्छ भने हाम्रा अधिकाश सहर र धरै गाँउकालागि लागु औषध दुर्व्यसनी साझा समस्याको रुपमाविकास भएको छ । दुव्र्यसनीको तत्कालीन प्रभाव सगै धेरै दिर्घकालिन असरहरु पनि समाजमा देखिन थालेका छन् ।
यसको प्रयोगकर्ता प्रत्यक्ष स्वास्थ्य समस्या, शिक्षा आर्जन गर्न बञ्चित, सम्मानित रोजगारीको अभाव, सामाजिक प्रतिष्ठामा आच र अर्थित भार जस्ता समस्या पर्छन । त्यस्तै अपत्यक्ष रुपमा अन्य विभिन्न समाजिक समस्याको कारण पनि यसलाई मानिन्छ । सहर बजार र गाउँघरमा बढ्दै गएको दैनिक चोरीका घटनाहरुमा समाजको ठुलो तप्काले दुर्व्यसनीमा लागेकाहरुलाई आरोप लगाउने गरेको छ । सबैलाई एकै डालोमा हालेर हेर्न नमिले पनि विभिन्न यस्ता घटनामा समाजले पकढ्ने मान्छे र प्रहरीको रिपोर्टले यो आरोपलाई पुष्टि भने गर्ने गरेको छ । त्यस्तै मानव तस्करी र यौन व्पापार जस्तो जगन्य अपराधले पनि समाजमा प्रस्रय पाएको सिमानामा काम गर्ने संघ संस्थाका प्रतिनिधीहरुको भनाई छ ।
दुर्व्यसनीमा फसेपछि आफ्नो आवश्यकताको डोज पुर्याउन विभिन्न गलत कामहरुबाट पैसा निकाल्ने बिभिन्न तरिका खोजी भएका छन् । त्यसमध्ये महिला र पुरुष मिलेर यौन धन्दा चलाउने गरेको पनि पाहिएको छ । पुरुष प्रयोग कर्ताले महिलाहरुका लागि योन सम्पर्क गर्ने व्यत्तिको खोजि गर्ने र त्यसबाट आएको पैसाले लागु औषधको सेवन गर्ने गरेको पक्राउ पर्ने दुर्व्यसनीकर्ताले स्वीकार गरेका छन् । समाजले अनौतिक र गलत भनेको असुरक्षित यौन सम्पर्कमा समाजका बिभिन्न व्यत्ती जोडिने गरेका छन् । यस्ता कृयाकलापले समाजमा यौन रोग फैलन सक्ने सम्भावना पनि बढि हुने विज्ञहरु बताउछन् । त्यसतै,सामुहिक क्षगडा, कुटपिटका घटना, पारिवारीक कलह, मनोसामाजिक समस्या जस्ता अन्य धेरै समाजमा शान्ति र सुसक्षालाई प्रत्यक्ष प्रभाव पार्ने घटनाहरुले पनि समाजमा प्रस्रय पाहिरहेको छ ।
मेचिनगर नगरपालिका झापाको पुर्वी सिमानामा पर्ने नगरपालिकाहो । भारतसगँ प्रत्यक्ष खुल्ला सिमाना जोडिएको यस नगरको लागुऔषध दुर्व्यसन निकै पुरानो समस्या हो । धेरै पहिला देखि धरान,काठमान्डौ र सहरका केटा आएर खान्छन् जान्छन् भन्ने दुव्र्यसनीमा आज गाउँघरका छोराछोरीहरु पनि फसेका छन् । गाउँगाउँमा ड्रग डिलर भनेर चिनिनेहरुले वरीपरिका बिभिन्न जिल्लाहरुमा पनि लागु औषधको सप्लाई गर्ने गरेको पाहिन्छ । तिब्रताले फैलिरहेको दुर्व्यसनीको समस्याले जराहरु हाम्रो नियन्त्रण भन्दाबाहिर भए जस्तो देखिन्छ । सरोकारवालानिकाय, पुलिस, प्रशासन, समाज, सामाजिक संघसंस्था र जनप्रतिनिधिहरु खुल्लासिमानालाई दुर्व्यसनीको मुल जरा मान्ने गर्छन । खुल्ला सिमानाले यसको प्रवेशमा सहजभएको भए पनि यहाँ यसको प्रयोग कर्ता बढ्नु र माग बढ्नुले खुल्लासिमाना कारण देखाएर दिगो समधान खोज्ने प्रयास हुन सकिरहेको छैन । कानुनी सजायको व्यवस्था हुदा पनि किन यसको प्रयोगकर्ता दिन प्रतिदिन बढिरहेका छन् ? त्यसलाई घटाउन जनचेताका धेरै कार्यक्रम नगरले सहकार्यमा संचालन गर्न पर्छ । नयाँ पुस्तालाई त्यसप्रति सजक बनाउने काममा सरोकारवाला निकायले समयमा ध्यान दिन जरुरी छ ।
सरोकारवाला निकाय समस्याको समधानखोज गर्न तर्फ भन्दा पनि एकले अर्कोलाई दोसी देखाउने प्रबृती हाबी बन्दा समस्या अझै पेचिलो बनेको छ । हालसालै सम्पन्न भएको स्थानिय देखि प्रदेश, संघको निर्वाचनका बेला यस क्षेत्रका जनताले व्यापक उठाएको एउटा प्रमुख एजेन्डा लागु औषध दुर्व्यसनीको नियन्त्रण थियो । विभिन्न राजनीतिक दलहरुले तयार पारेका घोषणापत्र, उमेदवारहरुले गर्ने भाषण र संगठनहरुले चुनावि अभियानको दैरान पनि दुव्र्यसनीको बिषयले राम्रै ठाउँ पाएको थियो । यसो र त्यसो गछौ भनेर जनतालाई आस्वास नदिनेहरुले निर्वाचित भएपछी भने यो बिषय उनिहरुको प्राथमिकतामा भने परेको छैन् । त्यस्तै सरुवा भएर आउने प्रहरी प्रशासनका नयाँ हामिकहरुले पनि आफु आउनुको मुख्यकारण दुव्र्यसनी नियन्त्रण रहने बताउने गरे पनि उपलब्धी भने सन्तोषजनक छैन् ।
आफ्नो परिवारको, आफन्त र छिमिकी दुर्व्यसनीमा नफसुन भन्ने सबैको सोच हुन्छ तर हाम्रो समाजमा यसको विपरित दुर्व्यसनीलाई सामान्य मान्न थालिएको छ । समाजले विभिन्न काम गराउने बाहनामा आखाँ अगाडी यसको प्रयोगगर्दा समाजले नजरअन्दाज गर्ने गरेको छ । यसले कतै समाज आफै लागु औषध दुर्व्यसनीलाई प्रोत्साहन गर्ने वातावरण त निमार्ण गर्दै छैन ? समाजले पनि जबाफदेही हुनु पर्छ । राज्यलाई यसको नियन्त्रणमा सहयोग गर्ने भन्दा पनि दुर्व्यसनीलाई बढुवा कतै समाज आफै गदै छैन ? समाजको सकरात्मक सहयोग विनाराज्य र अन्य सरोकारवाला निकायको एकल प्रयासले मात्र यो जटिल समस्याको समधान सम्भब छैन । त्यसैले समाज पनि थप जिम्मेवार बन्न पर्ने देखिन्छ ।
रोग लाग्नु भन्दा रोग लाग्न नदिनु उचित मानिन्छ । त्यसैले समाजमा लागु औषध दुर्व्यसनीको नियन्त्रण गर्न पनि रोकथामका लागि व्यापक जनचेतनाका कार्यक्रम संचालन गर्न पर्छ । जसले नयाँ प्रयोग कर्ता बढ्न रोक लगाउन सहयोग गर्छ । दुव्र्यसनमा लाग्नु भन्दा अगाडि समयमा मानिसहरुलाई विभिन्न माध्यम बाट सचेतना फैलाउने जिम्मेवारी समाजले लिन पर्छ । त्यस्तै दुर्व्यसनमा फसिसकेका मानिसहरुका लागि समाजमा पुनस्थापनाका हुने सहज बातावरण निमार्ण गर्ने र उनिहरुलाई प्रोत्साहन गर्ने काम सगैँ अगाडि बढाउन पर्छ । यो समाजकोे जडता र हेयको पुरानो दुशित दृष्टिमा परिर्वतन नगरी सम्भब देखिदैन । हाम्रो समाजमा दुर्व्यसनमा फसेका मानिसहरुलाई अपराधीका रुपमा सोच्ने प्रबृतीले उनिहरुलाई समाजमा सामान्य अवस्थामा फर्कन बाधक बन्ने गरेको छ । दुर्व्यसनबाट बाहिर आउन चाहनेहरुलाई समाजले सामान्य विरामीको रुपमा हेर्न र सहयोगी बन्न सक्नु पर्छ । बिद्यालय, टोलविकास संस्था, विभिन्न समाजिक संघसंस्था, नगरपालिका, जनप्रतिनिधी, व्यापारीक संस्था, प्रहरी प्रशासन जस्ता सरोकारवाला पक्ष एक भएर यसको नियन्त्रण गर्न जनचेतना र पुनस्थापनको कार्यमा लाग्न सक्दामात्र सुखद परिणाम निकाल्न सकिन्छ ।
पुर्वी सिमानाको सहर काकरभिट्टामा लागु औषध दुर्व्यसन विरुद्धको अभियान
दशकै देखि यस क्षेत्रको एउटा ठुलो समस्या लागुऔषध दुर्व्यसन हो । यसकै प्रयोगका कारण यस क्षेत्रका धेरै मानिसले अल्पआयुमा ज्यान गुमाएका छन् । बिभिन्न रोगको सिकार बनेका छन् । धेरैका परिवार टुटेफुटेका छन् । गरिविको पुस्तेनी चक्रमा फसेका छन् । धेरै आमाबुबाले भविष्यका सारथी र बालबालिकाले अभिभावक र हामी धेरैले साथी, आफन्त, गाउँले, छिमेकी, गुमाइ सकेका छौ । हामीलेहाम्रो उर्जाशिल र उत्पादनशिल समय, ठुलो धनरासी र अमुल्य स्वास्थ्य जिवन दुर्व्यसनमा फसेर खेर फ्याल्दै छौ । समाजको शान्ति र सुरक्षालाई खलल पुगेको छ । हाम्रा घरहरु अशुरक्षित भएका छन् । हाम्रा बजार र व्यवसाय पनि असुरक्षित बन्दै गएका छन् ।
काकरभिट्टा रिकोभरी सेन्टरले नेपाली चर्चित साङ्गितक समुह स्याडोज ब्यान्डको साथ आज २९ चैत्र लागुऔषध दुर्व्यसन विरुदको साङ्गितिक कन्सट गर्ने तयारीमा जुटेको छ । लागु औषध दुर्व्यसन मुक्क्त समाजको निमार्ण साथै विरामीलाई सहयोगी बन्ने लक्षका साथ दुर्व्यसन बिरुदको सन्देशमुलक अभियान हाल संचालनमा छ । यस अभियानलाई यस क्षेत्रका संघिय र प्रदेश संसद, स्थानिय जनप्रतिनिधी, राजनीतिकदलका कार्यकर्ता, समाजसेवी, बिभिन्न संघसंस्थाका प्रतिनिधी, विद्यार्थी र अन्य थुप्रै व्यत्तिहरुले एकबद्धता जनाइ सकेका छन् । दुर्व्यसनमा फसेका बिभिन्न स्थानका युवाहरुले अभियानमार्फत समाजमा पुनस्थापना हुने वातावरण निमार्ण गर्ने आशा पनि गरिरहेका छन् ।
गाउँगाउँ देखि सहर बजारमा जरा फैलिसकेको दुव्र्यसनको नियन्त्रण गर्न यस्ता धेरै सचेतना र पुनस्थापनाका अभियान समाजमा निरन्तर संचालनमा आउन पर्छ । जनतालाई प्रतिवधता गरेका वाचा केवल निवार्चन जित्नमात्र भन्दापनि समस्याको समधानका लागि नेत्रित्वको यथेष्ठ ध्यान केन्द्रित हुन पर्छ । राज्यको दुर्व्यसनमा फसेका व्यत्तिहरुका लागि लक्षित कार्यक्रम र लगानीको अभाव देखिन्छ । समयमै लक्षित कार्यक्रमहरु ल्याउन नसक्दा समस्या अझ तिब्र गतिमा फैलावट भइरहेको छ । यो जटिल समस्याको भुमरीबाट समाजलाई बाहिर ल्याउन यस्ता धेरै कार्यक्रम र अभियान निजि, सार्वजनिक संस्था, सामाजिक संघसंस्था, सरकार र विद्यालय क्षेत्रबाट संचालन गर्ने इच्छाशत्ति देखाउनपर्छ । एकल्लै एक्लै समस्या सगँजुध्ने भन्दा समाजका विभिन्न सरोकारवाला निकाय विच छलफल, सहकार्य र सहयोगले मात्र दिर्घकालिन समधानको बाटो खोज्न सम्भब हुन्छ ।
भुसको आगो जसरी फैलिएको दुर्व्यसन नियन्त्रण गर्न कानुनी बाटोबाट मात्र नभएर सामाजिक, नीतिगत पहल पनि अपरिहार्य बनेको छ । सरोकारवाला सबै पक्ष समयमा सचेत बनेर सामुहिक प्रयत्न गर्ने भने दुव्र्यसनी मुक्त समाज निमार्ण गर्ने मिसन सफल बन्न सक्छ । दुव्र्यसनीबाट युवालाई टाढा राख्दै युवाहरुको यो जनसङ्खिक लाभांशलाई रचनात्मक, सकरात्मक र उत्पादनमुलक काममा प्रोत्साहन गर्न सक्दा मात्र हाम्रो सुखि नेपाली समृद नेपाल निमार्ण गर्ने आकाक्षा पुरा हुन्छ । युवा वर्गले पनिआफै फस्ने भन्दा पनि अरुको तितो अनुभव बाट मिठो पाठ सिक्न सक्नु पर्छ ।
दुर्व्यसन मुक्त समाज निमार्णः हाम्रो साझा जिम्मेवारी ।
(कार्की युवा सामाजिक अभियन्ता हुन ।)