झापा, चैत १९ । धुलाबारी खानेपानी उपभाेक्ता समितिकाे अध्यक्षमा धनकाजी खत्री विजयी हुनु भएकाे छ ।
नेपाली काँग्रेसबाट उम्मेद्वार हुनु भएका धनकाजीले १३४१ मत प्राप्त गरी विजयी हुनु भएकाे हाे । अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार रचेन्द्र श्रेष्ठले ८३२ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्ताेस राजबंशीले ४४७ मत प्राप्त गर्नु भयाे ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसका हिमालय आङदम्बेले १३५० मत प्राप्त गरी विजयी हुनु भयाे । वहाँका प्रतिस्पर्धी नेकपा माओवादीका लक्ष्मी श्रेष्ठले ८३२ मत प्राप्त गर्नु भयाे ।
उपाध्रायक्षमा रास्वपाका उम्मेद्वार प्रकाश श्रेष्ठले ३३६ मत पाउनु भयाे ।
त्यसैगरी सचिवमा काँग्रेसका उमानाथ सुवेदी ११०३ मत ल्याएर विजयी हुनु भयाे । वहाँका निकट्तम प्रतिस्पर्धी एमालेका उमेश डाँगीले १०२१ मत पाउनु भयाे भने रास्वपाका ओमनाथ घिमिरेले ३९० मत ल्याउनु भयाे ।
त्यसैगरी ६ जना खुल्ला सदस्य निर्वाचित हुने मध्ये ५ जना काँग्रेसका र एक जना जनता समाजवादी पार्टीका उम्मेद्वार निर्वाचित हुनु भएकाे छ ।
निर्वाचित हुनेमा काँग्रेसका कबिन्द्र श्रेष्ठ(१२०९), केदार खत्री(११९७), सराेज खड्का (१०२५), नारायण भट्टराई (१०२७) र ज्ञान बहादुर बिष्ट (९५३) हुनुहुन्छ भने जसपाका अमर लिम्बु (१०२६) निर्वाचित हुनु भएकाे छ ।
महिला सदस्य तर्फ दुवै जना नेपाली काँग्रेसका उम्मेद्वार विजयी हुनु भएकाे छ । विजयी हुनेमा धनमाया गाैतम पाेखरेल (१३०५) र लिलादेवि गाैतम (९२०) हुनु हुन्छ ।
हिजाे भएकाे निर्वाचनमा खानेपानीका ४ हजार ९ सय १७ मतदाता मध्ये ३ हजार एक सय ६३ मत खसेकाे निर्वाचन समिति संयाेजक अशाेककुमार पाेखरेलले बताउनु भयाे ।