मेचीनगर, चैत १२ । जासुसका रुपमा नेतृत्वमा पुगेर त्यहाँ देखिएका वेतिथीलाई जरैदेखि पन्छाउने उद्देष्यका साथ धुलाबारी खानेपानी उपभोक्ता समितिको सबै पदमा उमेद्वारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बताएको छ ।
धुलाबारी खानेपानीको यही चैत १८ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । जुन निर्वाचनमा कुनैपनि दलसगँ तालमेल नगरी सबै पदमा एकल उमेद्वारी दिएको हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले बताएको हो ।
‘हामीलाई गठबन्धन गरौँ भनेर प्रस्ताव नआएको होइन अधिकांश दलले गठबन्धनका लागि प्रस्ताव गरेका हुन् ।’ पत्रकार सम्मेलनमा जानकारी दिँदै पार्टीका मेचीनगर अध्यक्ष भिमबहादुर कुवँरले भन्नुभयो ‘तरपनि हामीसगँ बलियो टिम छ, सशक्त उमेद्वार छन्, बलियो पार्टी छ यी सबै तर्कलाई मनन् गर्दै हामीले एकल उमेद्वारी दिएका हौँ ।’
साथै खानेपानी समितिको निर्वाचनमा आफ्नै टिम निर्वाचित हुनेमा ढुक्क रहेको पनि उहाँले बताउनुभयो । पत्रकार सम्मेलन मार्फत रास्वपाले खानेपानी नेतृत्वमा पुगेपछि गर्ने कार्य र प्रतिवद्धता पनि सार्वजनिक गरेको छ ।
‘संस्था भित्र रहेका वेतिथीलाई चिर्न, वास्तविक समाजको प्रतिनिधित्व गर्दै भुइँमान्छेको नेतृत्व गर्न, युवाहरुको वुलन्द आवाजलाई नेतृत्व तहबाट स्थान दिन हाम्रो उमेद्वारी हो ।’ पार्टीका तर्फबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्षका उमेद्वार सन्तोष राजवंशीले भन्नुभयो ‘हामी आर्थिक अनियमितता गर्दैनौँ, २४ सै घण्टा सहज रुपमा खानेपानी पुर्याउन विभिन्न योजनाका साथ काम गर्छौँ, हाम्रो नेतृत्वको कार्यकालमा खानेपानी पाइप फुट्ने, पानी चुहावट हुने लगायतका कार्य हुन दिदैँनौ ।’
खानेपानीको ११ सदस्सीय पदमा नै उमेद्वारी दिएको रास्वपाले यस निर्वाचन अत्यन्तै महत्वपुर्ण भएको पनि बताएको छ । रास्वपाका तर्फबाट अध्यक्ष पदमा सन्तोष राजवंशी, उपाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा ओमनाथ घिमिरले उमेद्वारी दिनुभएको छ भने सदस्यहरु दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाईँ आचार्य, सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार शाह, मीना बस्नेत थापा, सगलु कवर र लोकनाथ काफ्लले उम्मेद्वार हुनुहुन्छ ।
तिन बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न १८ गते खानेपानीको निर्वाचन हुँदैछ ।