झापा, चैत ६ । अर्जुनधारा स्थित शनिश्चरे बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा गठबन्धनको प्यानल नै बिजयी भएको छ ।अध्यक्षमा नेवि संघका विशाल थापा दुई सय ७७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने सचिवमा अखिल क्रान्तिकारीका गगन चापागाई चुनिनुभएको छ ।
यस्तै कोषाध्यक्षमा शर्मिला न्यौपाने तथा सदस्यहरुमा दिपक भट्टराई, निमेष भण्डारी, देवेन्द्र गिरी, अरुण श्रेष्ठ, रविन प्रधान र टिकाराम दाहाल निर्वाचित हुनुभएको छ । त्यहाँ नेवि संघ र अखिल क्रान्तिकारी संयुक्त गठबन्धन थियो । गठबन्धनको प्यानलै बिजयी भएको हो ।
यस्तै बुद्धशान्ति स्थित सितारमेश बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका प्रदिप बर्देवा निर्वाजित हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभयो । यसैगरी स्ववियु सचिवमा अनेरास्ववियुकै अशोक भण्डारी निर्वाचित हुनुभएको जनाइएको छ ।
कनकाइमा मिश्रित परिणाम
यस्तै सुरुङ्गा स्थित कनकाइ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ । अध्यक्षमा अनेरास्ववियुका चेतन आचार्य निर्वाचित हुनुभएको छ भने सचिवमा नेवि संघका वासुदेव निरौला निर्वाचित हुनुभयो ।
कोषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार प्रिया पुरी तथा सदस्यहरुमा अनेरास्ववियुबाट मिना ढुङेल, रोहन कोइराला, जोमर अली, मदन उप्रेती, प्रकाश गौतम, मनिष हिङमाङ दर्जी र नेविसंघबाट प्रबिन राई निर्वाचित हुनुभएको छ ।