अहिले नेपाली खेलकुदकाे क्षेत्रमा सर्वाधिक चर्चामा नेपाली क्रिकेट रहेकाे छ । आई सि सि विश्वकप २०२३ का लागि छनाैटकाे रुपमा रहेकाे लिग टु खेलिरहेकाे नेपालले उत्कृष्ट खेल खेल्दै आफ्नो अन्तिम खेलमा यु ए ई सँग जित निकालेर सिधै विश्व छनाैट खेल्न चाहन्छ । यस चरणकाे अन्त्य तिर आईपुग्दा उत्कृष्ट लय समातेकाे नेपालले आफुले खेलेका पछिल्ला एघार खेलमा दस मा जित निकालेका कारण पनि चर्चाकाे शिखरमा पुगेकाे हाे । "विश्वकप २०२३" खेल्ने १० वटा राष्ट्रहरुकाे छनाैट कसरी हुन्छ ? के अब नेपाल पनि विश्वकप खेल्न पाँउछ त ? कुन कुन राष्ट्र कसरी पुग्छन त यसै बर्ष भारतमा हुने विश्वकप क्रिकेटमा ? यी र यस्तै विषयहरुमा चर्चा गर्ने प्रयास गरिएको छ ।
सर्वप्रथम त हामी याे स्पष्ट हुनु पर्याे कि ICC Men´s Cricket World Cup मा विश्व का १० राष्ट्रले सहभागिता जनाउनेछन । प्रत्येक चार चार बर्षमा हुने क्रकेटकाे याे महाकुम्भमा खेल्न ती राष्ट्रहरुले विभिन्न चरणहरु पार गर्दै आउनुपर्ने हुन्छ । क्रिकेटकाे विश्व छाता संगठन ICC ले खेलकाे आधारमा आफ्ना सदस्य राष्ट्रहरुलाई पुर्ण सदस्य ( Full member ) र सहयाेगी सदस्य ( Associate member ) गरि दुई भागमा बाँडेर छनाैटकाे आधारहरु बनाएकाे छ । जसमा १२ पुर्ण सदस्य र एक सहयाेगि सदस्यहरु मध्ये उत्कृष्टलाई राखेर Super League अनि ICC काे ranking मा तेर्हाैं देखि विसाैं स्थानमा रहेका राष्ट्रहरुबिच League 2 र एक्कासाैं देखि बत्तीसाैं स्थानसम्म रहेका राष्ट्रहरुलाई लिएर Challenge League खेलाउदछ । यसै अन्तर्गत नेपाल हाल League 2 खेलिरहेकाे छ । सुपर लिगबाट उत्कृष्ट ८ राष्ट्र ले साेझै विश्वकप खेल्ने छन भने पुछारमा हुने ५ राष्ट्रले विश्व छनाैट ( Global Qualifier ) खेल्नेछन । यश चरणमा उत्कृष्ट दुईमा रहनेले पनि विश्वकप खेल्न पाउनेछन ।
यसैक्रममा सुपर लिगबाट इङ्गलेण्ड, न्युजिल्यान्ड , भारत, बङ्गलादेश, पाकिस्तान , अष्ट्रेलिया र अफगानिस्तान छनाैट भइसकेका छन । वेस्टइन्डिज, दक्षिण अफ्रिका, श्रीलंका , आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्डस् मध्ये एक छनाैट हुनेछ भने अन्य ५ राष्ट्रले विश्व छनाैट ( Global Qualifier ) खेल्नेछन जहाँ आगामि युएई सँगकाे खेल जितेमा नेपाल पनि सहभागी रहनेछ । यसैगरी लिग टु जहाँ नेपाल लगायत स्कटल्याण्ड, ओमन, नामिविया, युएइ , अमेरिका र पपुवा न्यु गिनि गरि सात राष्ट्र सहभागी छन । यिनिहरु मध्ये उत्कृष्ट तिनमा रहनेले सिधै विश्व छनाैट ( Global Qualifier ) खेल्नेछन जसमध्ये स्कटल्याण्ड र ओमन छनाैट भइसकेकाछन भने अब नेपाल र नामिविया मध्ये काे जाने भन्ने बारेमा चाहिँ यहि बिहिवार नेपाल र युएइ बिचकाे अन्तिम खेलबाट निर्णय हुनेछ । यदि नेपालले जितेमा नेपाल जान्छ भने युएइले जित्याे भने नामिविया जान्छ ।
यसै समुहकाे पुछारमा रहने चार राष्ट्रले क्वालिफायर प्ले अफ खेल्नेछन जहाँबाट पनि उत्कृष्ट २ मा रहदै विश्व छनाैट खेल्ने अवसर मिल्नेछ । उक्त प्ले अफमा च्यालेन्ज लिगबाट उत्कृष्ट २ राष्ट्रहरु जर्सि क्यानडा छनाैट भएर आइसकेका छन । यसरी हेर्दा नेपालकाे लागि युएइसँगकाे जितले प्रत्यक्ष रुपमा विश्वकप छनाैट खेल्ने माैका हुनेछ भने हारले प्ले अफकाे बाटाेबाट विश्वकप छनाैट तर्फ बढ्नु पर्ने हुन्छ । यसरी विश्वकप खेल्नका लागि दस राष्ट्र छनाैट हुनेछन जुन तलकाे तालिकाले अझ स्पष्ट पार्नेछ ।