झापा, फागुन २४ । आज अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरेर मनाइदैंछ । हरेक बर्ष मार्च ८ तारिकका दिन नारी दिवस मनाउने गरिएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आजको ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका लागि ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ राष्ट्रिय नारा सार्वजनिक गरेको छ ।
राष्ट्रिय नाराका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्र्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको मन्त्रालयले जनाएको छ ।
नारी दिवस साझा अभियानका रूपमा सङ्घीय सरकारका सबै निकाय, सातै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, ७७ जिल्ला समन्वय समिति, सात सय ५३ स्थानीय तह एवं वडा, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी सङ्घ संस्था तथा सबै सरोकारवाला निकायलाई दिवस भव्य, सभ्य र व्यवस्थितरूपले मनाउन मन्त्रालयले आह्वान गरेको छ ।
आज देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी नारी दिवस मनाईदैछ भने सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।