झिलझिले / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरुको भवन निर्माण प्रकृया सुरु भएको छ । झापाको शिवसताक्षी नगरमा यो वर्ष ८ वटा विद्यालय छनौटमा परेका थिए । विद्यालयको आवश्यक्ता र बर्गिकरण गरेर शिक्षा मन्त्रालयले विद्यालयलाई रकम उपलब्ध गराएको थियो ।
शिवसताक्षी नगरपालिका ८ मा रहेको झिलझिले माध्यमिक विद्यालयको भवन निर्माण सोमबार देखि सुरु भएको छ ।स्थानियबासी, निर्माण तथा ढुवानी व्यवसायी, पत्रकार, राजनीतिककर्मी, शिक्षक, विद्यार्थी लगायतको सहभागितामा भवनको भूमी पुजन गरिएको हो ।
विद्यालयकी कक्षा १२ मा अध्यनरत छात्रा मुना काम्बाले कोदालोले जग खनेर भवन निर्माणको सुरुवात गरेकी थिइन् ।विद्यालयका प्रधानाध्यापक खेम निरौलाका अनुसार ४५ लाखको लागतमा ४ कोठा भएको एक तले भवन निर्माण हुने भएको हो ।
विद्यालयले पेश गरेको कार्यक्रमको आधारमा ६ लाख ५० हजार देखि एक करोड रुपैंयासम्म विद्यालयले प्राप्त गर्ने गरी मन्त्रालयले विद्यालयको छनौट गरेको थियो । अर्थ मन्त्रालयले पठाउने उक्त रकम स्थानीय सरकारको खाता मार्फत् सम्बन्धित विद्यालयले सोझै प्राप्त गर्नेछन् ।
निर्माणाधिन भवनको अनुगमन विद्यार्थीले गर्ने छन् । भूमी पुजन कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थाीलाई उपस्थित गराइएको थियो । प्रधानाध्यापक निरौलाले भने, ‘विद्यालयको भवन सरकार र यहाँको समाजको सम्पत्ति हो । यसको संरक्षण, सुरक्षा र अनुगमन तपाईँहरुको काँधमा छ ।’
विद्यालय व्यवस्थापन समिति, विद्यालयको प्रसाशन साखालाई भवनमा प्रयोग हुने निर्माण सामाग्रीमा तँपाईहरुले देखेका र संका लागेमा बस्तुमा लिखित वा मौखिक उजुरी गरिदिन निरौलाले विद्यार्थीलाइ अनुरोध गर्नु भयाे । भवन निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तरमा एक इन्च पनि तलमाथि नगर्न निर्माण र ढुवानी व्यवसायीलाई प्रधानाध्यापक निरौलाले अनुरोध गर्नु भयाे ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरुको नाम सार्वजनिक गरिएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले बुधबार आफ्नो वेभसाईट मार्फत छनौट भएका विद्यालयको नाम सार्वजनिक गरेको हो ।
उक्त प्रकृयाअघि केन्द्रले मन्त्रालयगत बजेटसँग सम्बन्धित सूचना प्रणाली एलएमवीआईएसमा ईन्ट्रि गरेपछि अर्थ मन्त्रालयले कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत रकम पठाउँछ । विद्यालयलाई जाने उक्त रकम सम्बन्धित पालिकाहरु मार्फत् खर्च गर्नुपर्नेछ । यसअघि विद्यालयहरुले तयार पारेको प्रस्ताव पालिकाको सहमतीमा तयार भएकाले उक्त कार्यक्रमको अनुगमन गर्ने कामपनि पालिकाहरुकै हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
उक्त प्रणालीमा ईन्ट्रि गर्ने काम ढिलोमा चार दिनमा सकिने र उक्त काम सकिनासाथ अर्थ मन्त्रालय मार्फत् रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुँगानाले पठनपाठनको अतिरिक्त समयमा विद्यार्थीलाई भवनको अनुगमन गर्ने जिम्मा दिईएको बताउनु भयाे । ‘गुणस्तरमा नो कम्प्रपाईज,’ वहाँले भन्नु भयाे । विद्यालयको आवश्यक अन्य भवन निर्माणका लागि श्रोत साधनको पहिचान गर्ने कार्य भइरहेको वहाले बताउनु भयाे ।
झिलझिले माध्यमिक विद्यालयलाई उच्च क्षमताका शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने योजनामा विद्यालय व्यवस्थापन समिति लागि परेको उनले बताएका छन् । गुणस्तर, भवन निर्माण र विद्यालय बसका लागि दाता संग समन्वय भइरहेको पनि वहाँले बताउनु भयाे ।