मेचीनगर, फागुन ६ । रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिकालाई एक सय थान व्हिलचियर हस्तान्तरण गरेको छ । आज नगर परिषरमा एक कार्यक्रमका बिच क्लबले उक्त व्हिलचियर नगरपालिकालाई उपलब्ध गराएको हो ।
क्लबको १३ औँ स्थापना दिवशको अवशरमा नगर क्षेत्रका अपांगता भएका व्यक्तीहरुलाई लक्षित गर्दै व्हिलचियर उपलब्ध गराएको क्लबका अध्यक्ष सुजन प्रधानले सेतोपत्रसगँ बताउनुभयो ।
‘हामीले यसअघि पनि यस्ता विभिन्न सामाजीक कार्यहरु गरेका छौँ, यसपटक अझ वृहत रुपमा नगरलाई व्हिलचियर उपलब्ध गराएका हौँ ।’ उहाँले भन्नुभयो ‘नगरपालिकाले छिट्टै कार्यविधि बनाएर यस व्हिलचियर वितरण गर्ने हामीले अपेक्षा गरेका छौँ ।’
उहाँका अनुसार रोटरी क्लब अफ काँकरभिट्टाले व्हिलचियर उपलब्ध गराएको हो । व्हिलचियर ढुवानीको खर्च भने नगरपालिकाले व्यहोरेको छ ।
रोटरी क्लब अफ काँकरभिट्टा स्थानीय स्तरमा विभिन्न सामाजीक कार्य गर्ने संस्थाका रुपमा परिचित छ । क्लबले विभिन्न सामुदायीक विद्यालयहरुमा शुद्ध खानेपानीको व्यवस्था, नगर क्षेत्रको स्वास्थ्य स्थितीको सुधारका निम्त्ति विभिन्न कार्यहरु गर्दै आएको छ ।
क्लबले मेचीनगर ६ स्थित मेची नदिमा मेची गंगा बृश्रामालय पनि निर्माण गरिरहेको छ । यस बर्ष पनि निर्माणधिन अवस्थामा रहेको उक्त बृश्रामालयलाई स्तरवृद्धि गर्न क्लब लागिरहेको अध्यक्ष प्रधानले बताउनुभयो ।
नगर क्षेत्रका अपांगता भएका व्यक्तिहरुको सहजताका निम्त्ति व्हिलचियर उपलब्ध गराएकोमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले क्लबलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । नगरले छिट्टै अपांगता भएका व्यक्तिहरुको पहिचान गर्दै कार्यविधि निर्माण गरेर व्हिलचियर वितरण गर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेती, निमित्त प्रमुख प्रसाशकिय अधिकृत होमनाथ भण्डारी, विभिन्न वडाका वडाअध्यक्षहरु, रोटरीका सदस्यहरु तथा संचारकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।