जिल्ला कारागार कार्यालय झापामाअसोज ६ गते पहिलो पटक कोरोना भेटियो ।असोज ४ गते कारागारमा आएका थुनुवाको स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा असोज ६ गते कोरोना सङ्क्रमण भएको नतिजा आयो ।
सङ्क्रमितको सम्पर्कमा आएका संभावित कैदीहरुको पुनः स्वाब संकलन गर्दा नमुना दिएका जति सबैको पीसीआर पोजेटिभ आयो ।योसंगै कारागारमा कोरोनाको सङ्क्रमण भुषको आगो जस्तै भित्रभित्रै सल्किरहेको आकलन गरिएको छ ।
कारागारका आन्तरिक प्रशासन प्रमुख मोहन धितालका अनुसार कारागारका कैदीबन्दि, कर्मचारी तथा सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरिएको थियो । जसमा हिजोआएको पीसीआर रिपोर्टमा १० जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये ६ पुरुष र १ महिला गरी ७ कैदी, १ कार्यालय सहयोगी र २ जना सुरक्षाकर्मी रहेका छन् ।
धितालकाअनुसार ३५० क्षमताको कारागारमा १हजार ६१ पुरुष र ८२ महिला गरी ११४३ जम्मा कैदी छन् । कारागारमा क्षमता भन्दा तेब्बरबढी संख्यामा कैदीबन्दि रहेका छन्, धितालले भन्नु भयो– ‘कारागारमा सामाजिक दुरीको त कुरै छाडौं, ठाउँको अभावमा छड्के परेर सुत्नु पर्ने अवस्था छ । खानाबस्न, शौचालय देखि हरेका कुरा एउटै प्रयोग गर्नु पर्छ ।प्रशासन प्रमुख नाइके धितालकाअनुसार ११ सयबढी कैदीमध्ये अहिले ५,६ सय कैदीलाई रुघाखोकी छ । जुनकोरोनाको लक्षणको रुपमा हेर्न थालिएको छ ।
कारागारमा ५० बर्ष माथिका २ सय ५० कैदी छन् । त्यस्तै अन्य रोगीहरुमा मुटु रोगी १५ जना, क्षयरोगका २० जना, मधुमेह रोगी ३५ जना, दमका ४४ जना, एचआइभी सङ्क्रमित ४ जना र ४० बढी मानसिक रोगीहरु छन् । कोरोनाको सङ्क्रमण भएमा दीर्घ रोगीको अवस्था भयावह हुने देखिन्छ ।
कारागार प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार कन्ट्याक ट्रेसिङमार्फत अन्य संभावित सङ्क्रमितहरुको पीसीआर परीक्षण गरिने छ । बढ्दो सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै कारागार भित्रै आइसोलेशन कक्ष निर्माण गर्ने तयारी भई रहेको कारागार प्रमुख गौतमले बताउनु भयो ।अहिले सम्मका सङ्क्रमितलाई मेची अञ्चल अस्पताल भद्रपुरस्थित आइसोलेशन कक्षमा राखिएको छ ।